३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती

समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती
अ+ अ-

काठमाडौं । एउटा अर्को अवसर । ४१ वर्षको उमेरमा क्रिस्टियानो रोनाल्डोसँग आफ्नो झल्झलाकार करियरमा विश्वकप उपाधिको ताज पहिर्याउने व्यवहारिक मौका छ । पाँच पटकका बालन डी अर विजेता रोनाल्डो विश्व फुटबलमा सर्बाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । पोर्चुगलका लागि २२६ खेल खेल्ने क्रममा रोनाल्डोले कीर्तिमानी १४३ गोल गरिसकेका छन् ।

ह्यामस्ट्रिङको समस्याका कारण वितेको सिजन रोनाल्डोको लागि त्यति राम्रो हुन सकेन । साउदी प्रो लिगको टोली अल नासरका लागि उनको प्रदर्शन अपेक्षाभन्दा निक्कै तलको रहयो । चोटकै कारण उनी अप्रिल १ मा अमेरिकाविरुद्ध मैत्रीपूर्ण खेल खेलेको पोर्चुगलको टोलीबाट पनि मैदान उत्रिएनन् ।

पोर्चुगलको फुटबलले उत्पादन गरेकामध्ये रोनाल्डो एक नम्बर खेलाडी हुन् । पोर्चुगलमात्र नभई पूरा विश्व फुटबलकै उनी एक सदावाहर लेजेन्ड हुन् । सन् २०१४ मा रियाल मड्रिडको टिमबाट मिचिगनमा म्यानचेस्टर युनाइटेडसँग प्रिसिजन मैत्रीपूर्ण खेलेयता अमेरिकी भूमिमा रोनाल्डो मैदान उत्रिएका छैनन् ।

रोनाल्डो र व्यावसायिक फुटबलमा उनका सबभन्दा ठूला प्रतिद्धन्दी अर्जेन्टिनाका लियोनेल मेसी यही विश्वकपबाट ६ फरक विश्वकप खेल्ने कीर्तिमानमा नाम लेखाउने तयारीमा छन् । रोनाल्डोले गएको नोभेम्बरमै यो विश्वकप आफ्ना लागि अन्तिम हुने घोषणा गरिसकेका छन् ।

रोनाल्डोका लागि अन्तिम मौकाका रुपमा रहेको विश्वकपको समूह चरणमा कोलम्बियासँगको खेल प्रतिस्पर्धात्मक हुने भए पनि उज्वेकिस्तान र कंगोमाथि टोलीले सहजै विजय हासिल गर्ने अपेक्षा गरिएको छ ।

पोर्चुगल

फिफा विश्व वरियताको पाँचौं स्थानमा भए पनि पोर्चुगल गएको नोभेम्बरमा युरोपेली छनोटमा आयरल्यान्डसँग २–० ले पराजित भएयता निक्कै झस्किएको छ । त्यही खेलमा विपक्षी रक्षकलाई कुहिनाले हानेवापत रोनाल्डोले रातो कार्ड सामना गरेका थिए । उनी लगत्तैको खेलका लागि पनि प्रतिबन्धित भएका थिए ।

आयरल्यान्डसँगको हारपछि झस्किएको पोर्चुगलले लगत्तै फर्ममा पुनरागमन जनाउने क्रममा अर्मेनियालाई ९–१ को फराकिलो अन्तरमा हराएर विश्वकपका लागि स्थान सुरक्षित गरेको थियो ।

पोर्चुगलको इतिहासमा यो नवौं विश्वकप सहभागिता हो । सन् १९६६ मा तेस्रो तथा २००६ मा चौथो हुनु पोर्चुगलको विश्वकप इतिहासले पाएका सबभन्दा ठूला सफलता हुन् । सन् २००६ को जर्मनी विश्वकप त्यही प्रतियोगिता हो, जहाँ रोनाल्डोले विश्वकपमा ‘डेब्यु’ गरेका थिए ।

चार वर्षअघि कतारमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो । तर मोरक्कोसँग १–० को नतिजामा स्तव्ध भएपछि टोलीको प्रतियोगिता यात्रा अन्तिम आठमै टुंगिएको थियो । उक्त खेलमा रोनाल्डो वैकल्पिक खेलाडीका रुपमा ५१औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

रोबर्टो मार्टिनेजले सन् २०२३ यता लगातार प्रशिक्षकको रुपमा पोर्चुगाली टिमको नेतृत्व गरिरहेका छन् । रोनाल्डोसँगै म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेज र पेरिस सेन्ट जर्मेनका भर्सटाइल युवा मिड्फिल्डर जोआवो नेभेस स्टार खेलाडीहरुले भरिएको पोर्चुगाली टिमका मुख्य आशा हुन् ।

गतवर्ष पोर्चुगलले नेशन्स लिगको फाइनल जितेको केही समयमै एउटा कार दूर्घटनामा परि डियोगो जोटाको मृत्यु भएपछि केही समय पोर्चुगाली फुटबल शोकमा डुबेको थियो । रोनाल्डोको करियरलाई सुखद क्लाइमेक्सका साथै जोटालाई समर्पित गर्नका लागि पनि यसपाली पोर्चुगल उपाधि जित्न चाहन्छ ।

पोर्चुगलले जुन १७ मा ह्युस्टनमा कंगोसँग खेल्दै विश्वकप २०२६ को सुरुआत गर्नेछ ।

टिम पोर्चुगल

गोलकिपरः डिएगो कोस्टा (एफसी पोर्टो), जोस सा (उल्भस), रुई सिल्भा (स्र्पोटिङ), रिकार्डो भेल्हो (जेन्क्लेबिर्लिजी)
रक्षकः डियोगो डालोट (म्यानचेस्टर युनाइटेड), म्याथुज नुनेज (म्यानचेस्टर सिटी), नेल्सन सेमेडो (फनेरबाचे एसके), जोआवो क्यानसेलो (बार्सिलोना), नुनो मेन्डेज (पेरिस सेन्ट जर्मेन), गोन्कालो इनासियो (स्र्पोटिङ), रेनाटो भेइगा (भियारियाल), रुबेन डियाज (म्यानचेस्टर सिटी), टोमस अराउजो (बेन्फिका)

मिड्फिल्डरः रुबेन नेभेस (अल हिलाल), सामुइल कोस्टा (मायोर्का), जोआओ नेभेस (पेरिस सेन्ट जर्मेन), भिटिन्हा (पेरिस सेन्ट जर्मेन), ब्रुनो फर्नान्डेज (म्यनचेस्टर युनाइटेड), बर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी)

फरवार्डः जोआवो फेलिक्स (अल नासर), फ्रान्सिस्को ट्रिन्काओ (स्र्पोटिङ), फ्रान्सिस्को कोन्सिकाओ (युभेन्टस), पेड्रो नेटो (चेल्सी), राफेल लियो (एसी मिलान), गोन्सालो गुइडेस (रियाल सोसिडाड), गोन्कालो रामोस (पेरिस सेन्ट जर्मेन), क्रिस्टियानो रोनाल्डो (अल नासर)
प्रशिक्षकः रोबर्टो मार्टिनेज

कोलम्बिया

आक्रामक मिड्फिल्डर हामेस रोड्रिग्वेज विश्वकपको पूर्वसन्ध्यामा पर्याप्त प्लेइङ मिनेट्स पाउने आशामा यही सिजन अमेरिकी मेजर लिग सकरको टोली मिनेसोटा युनाइटेडसँग अनुबन्धित भएका थिए ।

रोड्रिग्वेज कोलम्बियाली टिमका कप्तान तथा सबभन्दा ठूला स्टार हुन् । सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपमा ६ गोल गर्दै उनले गोल्डेन बुट जितेका थिए । त्यसक्रममा उनले जर्मनीका थोमस मुलरलाई १ गोलले पछि पारेका थिए । कोलम्बियाका लागि रोड्रिग्वेजको नाममा ३१ अन्तर्राष्ट्रिय गोल छ ।

विश्वकपको इतिहासमा कोलम्बियाको यो सातौं सहभागिता हो । सन् २०२२ मा दक्षिण अमेरिकाबाट छनोट हुन असफल भएको टोलीको विश्वकपमा सर्वोत्कृष्ट नतिजा नै सन् २०१४ मा क्वार्टरफाइनल पुग्नु हो । जहाँ टोली आयोजक ब्राजिलसँग पराजित हुँदै बाहिरिएको थियो ।

फिफा विश्व वरियताको १३औं स्थानमा रहेको टोली अर्जेन्टिनी प्रशिक्षक नेस्टर लोरेन्जोको नेतृत्वमा विश्वकपमा मैदान उत्रिँदैछ । कोलम्बियाले मेक्सिको सिटीमा जुन १७ मा उज्वेकिस्तानसँग खेल्दै आसन्न विश्वकपको सुरुआत गर्दैछ ।

टिम कोलम्बिया

गोलकिपरः कामिलो भार्गास (एट्लास), अल्भारो मोन्टेरो (भेलेज सार्सफिल्ड), डेविड ओस्पिना (एट्लेटिको नेसनल)

रक्षकः डेभिनसन सान्चेज (गालाटासरे), जोन लुकुमी (बोलोग्ना), येरी मिना (काग्लियारी), विलेर डिटा (क्रुज अजुज), ड्यानिअल मुनोज (क्रिस्टल प्यालेस), सान्टियागो एरियास (इन्डिपेन्डेन्ट), योहान मोजिका (मायोर्का), डिइभर माचाडो (नान्टेस)

मिड्फिल्डरः रिचार्ड रियोस (बेन्फिका), जेफर्सन लेर्मा (क्रिस्टल प्यालेस), केभिन क्यास्टानो (रिभरप्लेट), हुँवा कामिलो पोर्टिला (एथ्लेटिको पारानाइन्से), गुस्ताभो पुइर्टा (रेसिङ डी सान्तान्डर), जोन एरियास (पाल्मेरिस), जर्ज कारास्काल (फ्लेमिङ्गो), हुँवा फर्नान्डो क्विन्टेरो (रिभरप्लेट), हामेस रोड्रिग्वेज (मिनेसोटा युनाइटेड), जमिन्टन काम्पाज (रोसासियो सेन्ट्रल)

फरवार्डः हुँवा कामिलो हर्नान्डेज (रियाल बेटिस), लुइस डियाज (बायर्न म्युनिख), लुइस स्वारेज (स्र्पोटिङ), कार्लोस एन्ड्रेस गोमेज (भास्को डी गामा), जोन कोर्डोबा (एफसी क्रास्नोडर)

प्रशिक्षकः नेस्टर लोरेन्जो

उज्वेकिस्तान

पूर्व सोभियत संघको सदस्य उज्वेकिस्तान स्वतन्त्र राष्ट्रको हैसियतमा विश्वकप खेल्न लागेको यो पहिलो पटक हो । फिफा विश्व वरियताको ५०औं स्थानमा रहेको उज्वेकिस्तानलाई इटालियन प्रशिक्षक फाबियो कानाभारोले नेतृत्व गर्दैछन् ।

विश्वकपको आकार ३२ टिमबाट बढाएर ४८ पुर्याइएको फाइदा उठाउने क्रममा उज्वेकिस्तानले एसियाबाट विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा स्थान सुरक्षित गरेको हो । ह्वाइट उल्भस उपनामले चिनिने यो टोलीलाई टिमुर कापाड्जेले विश्वकपमा छनोट गराएका थिए । तर त्यसपछि गएको अक्टोबरमा मात्र उज्वेक फुटबल संघले कानाभारोलाई नियुक्त गरेको थियो । इटालीले पछिल्लो पटक सन् २००६ मा विश्वकपको उपाधि जित्दा कानाभारो कप्तान थिए ।

९० खेलमा ४४ गोल गरेका इल्डर शोमुरोडोभ उज्वेकिस्तानका कप्तान हुन् । उनी अहिले टर्कीको क्लब इस्तानबुल बसाकसेहिरबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।

टिम उज्वेकिस्तान

गोलपिकरः उट्किर युसुपोभ (नाभबाहोर), एब्डुभोहिड नेमाटोभ (नासाफ), बोटिराली इर्घासेभ (नेफिची)

रक्षकः रुस्तम असुरमाटोभ (इस्टेघाल), फारुख सेफिभ (नेफिची), खोजियाक्बार एलिजोनोभ (पाख्ताकोर), शेरजोड नास्रुलेभ (नासाफ), उमर इसमुरोडोभ (नासाफ), अब्दुकोदिर खुसानोभ (म्यानचेस्टर सिटी), अब्दुल्लाह अब्दुलेभ (डिब्बा), बेख्रुच कारिमोभ (शुख्रोन), जाखोन्जिर उरोजोभ (डिनामो सामारकन्द), एभाजबेक उल्मासालिभ (एजीएमके)

मिड्फिल्डरः ओटाबेक शुकुरोभ (बानियास), जालोदिदिन माशारिपोभ (इस्टेघलाल), ओडिलजोन हाम्रोबेकोभ (ट्रयाक्टर), ओस्टन उरुनोभ (पेर्सेपोलिस), जम्सिद इस्कान्डेरोभ (नेफिची), डोस्टोनबेक खामडामोभ (पाख्ताकोर), एब्बोस्बेक फेजुलेभ (इस्तानबुल बसाकसेहिर), अकमाल मोज्गोभोइ (पाख्ताकोर), एजिजजोन गानिइभ (अल बाटइ), शेरजोद इसानोभ (बुखारा)

फरवार्डःइल्डर शोमुरोडोभ (इस्तानबुल बासाकसेहिर), इगोल सेर्गिभ (पेर्सेपोलिस), अजिजबेक अमोनोभ (बुखारा)
प्रशिक्षकः फाबियो कानाभारो

कंगो

कंगोले यसअघि सन् १९७४ मा एकपटक मात्र विश्वकप खेलेको थियो । जतिबेला कंगो जाइरेको नामले चिनिन्थ्यो । विश्वकपका लागि छनोट हुने कंगो पहिलो सहारा मरुभुमीभन्दा दक्षिणको टोली हो ।

मेक्सिकोको ग्वाडालाजारामा जमैकालाई अतिरिक्त समयमा १–० को नतिजामा हराउँदै कंगो विश्वकप २०२६ का लागि छनोट भएको थियो । जसले दशकौंदेखि आन्तरिक द्धन्द्धमा रुमल्लिएको देशलाई ठूलो खुसी दिएको थियो ।

विश्वकपमा सफल नतिजा ल्याउँदै द्धन्द्धको घाउमा खुसीको मल्हम लगाउने योजनामा कंगोको टोलीले फ्रान्सेली क्लब लिलबाट व्यावसायिक फुटबल खेलिरहेका कप्तान च्यानल एमबेम्बाबाट प्रेरणादायी प्रदर्शन अपेक्षा गर्नेछ । राष्ट्रिय टिमका लागि सयभन्दा बढि खेल खेलिसकेका एमबेम्बासँगै रियाल बेटिसका विंगर सेडरिक बाकाम्बु टोलीका अर्का स्टार खेलाडी हुन् ।

फिफा विश्व वरियताको ४६औं स्थानमा रहेको कंगोलाई प्रशिक्षकको रुपमा फ्रान्सका सेवास्टिन डेसाब्रेले नेतृत्व गरिरहेका छन् ।

टिम कंगो

गोलकिपरः म्याथु इपोलो (स्टान्डर्ड लिगे), टिमोथी फायुलु (नोहा), लियोनेल एमपासी (ले हाभ्रे)

रक्षकः डाइलान बाटुबिन्सिका (लारिसा), रकी बुसिरी (हिबेर्नियान), जिडियोन कालुलु (एरिस लिमासोल), स्टिभ कापुआडी (विज्डेव लड्ज), जोरिस कायेम्बे (रेसिङ जेन्क), आर्थर मासुआकु (रेसिङ लेन्स), चान्सेल एमबेम्बा (लिल), एक्सेल तुआन्जेबे (बर्नली), आरोन वान बिसाका (वेस्ट ह्याम)
मिड्फिल्डरः थियो बोन्गोन्डा (स्पार्टक मस्को), ब्रायन सिपेन्गा (क्यास्टेलन), मासाक इलिया (एलानयास्पर), जाइल काकुटा (लारिसा), इडो कायेम्बे (वाट्फोर्ड), नाथानाइल इमबुकु (मोन्टपिलर), सामुइल मोउटोउसामी (एट्रोमिटोस), एनगालायेल मुकाउ (लिल), चाल्र्स पिकल (स्पान्योल), नोहा साडिकी (सन्डरल्यान्ड)

फरवार्डः सेड्रिक बाकाम्बु (रियाल बेटिस), सिमोन बान्जा (अल जजिरा), फिस्टन मायेले (पिरामिड्स), योआने विसा (न्युक्यासल)
प्रशिक्षकः सेवास्टिन डेसाब्रे

समूह ‘के’ खेलतालिका (नेपाली समयअनुसार)

– पोर्चुगल विरुद्ध कंगो, १७ जुन, राती २२ः४५ बजे, ह्युस्टन रंगशाला (टेक्सास)

– उज्वेकिस्तान विरुद्ध कोलम्बिया, १८ जुन, बिहान ०७ः४५ बजे, स्टेडियो एज्टेका (मेक्सिको सिटी)

– पोर्चुगल विरुद्ध उज्वेकिस्तान, २३ जुन, राती २२ः४५ बजे, ह्युस्टन रंगशाला (टेक्सास)

– कोलम्बिया विरुद्ध कंगो, २४ जुन, बिहान ०७ः४५ बजे, स्टेडियो एक्रोन (ग्वाडालाजारा)

– कोलम्बिया विरुद्ध पोर्चुगल, २८ जुन, बिहान ०५ः१५ बजे, हार्डरक रंगशाला (मायमी)

– कंगो विरुद्ध उज्वेकिस्तान, २८ जुन, बिहान ०५ः१५ बजे, मर्सिडिज बेन्ज रंगशाला (एट्लान्टा)