२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिकेन सहुलियत चामल



अ+ अ-

दाङ । चाडपर्वको समयमा सहुलियतमा चामल उपलब्ध गराइए पनि दाङमा भने उल्लेख्यरूपमा चामल बिक्री हुन सकेको छैन । चाडपर्वका समयमा हुनसक्ने कालोबजारी रोक्न तथा सस्तो र सुपथ मूल्यको चालम अनुमान गरिएको भन्दा कम मात्रामा विक्री भएको तुलसीपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

उक्त लिमिटेडले प्रत्येक वर्ष दशैँ, तिहार तथा छठपर्वको अवसरमा उपभोक्तालाई सहुलियतको चामल उपलब्ध गराउँदै आएकामा यस वर्ष २०० क्विन्टल जिरा मसिनो र २०० क्विन्टल सोना मन्सुली चामल ल्याए पनि अहिलेसम्म दुवै चामल गरी २९ क्विन्टल मात्रै बिक्री भएको छ ।

कार्यालय प्रमुख माधव मिश्रका अनुसार भदौ अन्तिम सातादेखि सहुलियतमा चामल वितरण गर्न शुरु गरिएको र अहिलेसम्म सोना मन्सुली एक क्विन्टल ५० किलो र जिरा मसिनो चामल २६ क्विन्टल ५० किलो मात्रै बिक्री भएको छ ।

गत वर्ष ६०० क्विन्टल चामल ल्याइएकामा सबै बिक्री नभएकाले यस वर्ष ४०० क्विन्टल मात्रै चामल ल्याइएको थियो तर त्यो पनि उल्लेख्यरूपमा बिक्री हुननसकेको उहाँ बताउनुहुन्छ ।

खाद्य संस्थानले जिरा मसिनो चालम न्यूनतम २५ केजी र सोना मन्सुली न्यूनतम ३० केजीका दरले बिक्री गर्दै आएको छ । दुवै प्रकारका चामलमा रु ५०० छुट गरिएको छ । अहिले जिरा मसिनोको बजारमूल्य प्रतिक्विन्टल रु पाँच हजार ६०० पर्ने भए पनि छुटमा रु पाँच हजार १०० मा पाइने प्रमुख मिश्र बताउनुहुन्छ ।

त्यस्तै सोना मन्सुलीको बजार मूल्यप्रति क्विन्टल रु चार हजार ७०० पर्ने भए पनि सहुलियतमा रु चार हजार २०० पर्ने उहाँको भनाइ छ। उपभोक्ताले भने संस्थानले वितरण गर्दै आएको चामल गुणस्तर नभएको गुनासो गर्दै आएकामा प्रमुख मिश्र आफूहरूले गुण्स्तरहीन चामल बिक्री नगरेको बताउनुहुन्छ ।