२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुर्सद निकालेर सरकारले यस्तो काम गर्ने !



अ+ अ-

काठमाडौं । सङ्घीय सरकार र प्रदेश सरकारबाट जिल्लामा परेको योजनाको अनुगमन तथा जनतासँग घरदैलो भेटघाटमा डोल्पाका प्रदेशसभा सदस्य तथा पार्टीका नेताहरुको दिन बितेको छ । राज्यले लगानी गरे पनि सन्तोषजनक प्रतिफल नआएको गुनासो बढेपछि प्रदेशसभा सदस्यहरु गाउँगाउँमा योजना अनुगमनमा गएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रदेश सरकारबाट स्थानीय तहमा दिइएका योजनाहरुको एक–एक गरेर अनुगमन गर्दै मुड्केचुला पुगेर फर्केको प्रदेशसभा सदस्य शाहीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारले दिएका त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा निर्माण भएका र हुदै गरेका योजनाहरुको अनुगमन गरिएको हो ।

तिहार पर्वको समयमा पनि फुर्सद निकालेर तीनवटै स्थानीय तहका पदाधिकारीहरुसँग योजनाहरुको विकासको समीक्षा गरिएको शाहीले बताउनुभयो । उहाँका अनुसार अनुगमन गर्दा योजनाहरु सन्तोषजनक रुपमा सम्पन्न भएका र कार्यान्वयनको चरणमा रहेको पाइएको छ । अनुगमन टोलीमा प्रदेशसभा सदस्य शाही, बद्मी क्वारी बोहोरा, नेकपा डोल्पाका इन्चार्ज तथा नेकपा केन्द्रीय सदस्य हंसबहादुर शाहीलगायत संलग्न हुनुहुन्थ्यो ।