१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता

मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता
अ अ+ अ-

काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नवनियुक्त मन्त्रीहरूको मर्यादाक्रम (वरीयता) पुनः निर्धारण गरेका छन्।

सम्पत्ति विवरणसम्बन्धी छानबिनपछि ‘क्लिन चिट’ पाएर गृह मन्त्रालयमा पुनः फर्किएका सुधन गुरुङ र नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको नियुक्तिसँगै सरकारको नयाँ वरीयता तय गरिएको हो।

राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ मर्यादाक्रमअनुसार गृहमन्त्री सुधन गुरुङलाई मन्त्रिपरिषद्मा पाँचौं स्थान दिइएको छ। त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालेका महावीर पुन आठौं वरीयतामा परेका छन्।

नयाँ सूचीअनुसार प्रधानमन्त्रीपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा छन् भने परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त चौथो स्थानमा रहेका छन्। त्यसपछि गृहमन्त्री गुरुङ पाँचौं स्थानमा छन्।

नवप्रवर्तन मन्त्रालयको जिम्मेवारीसहित मन्त्री बनेका महावीर पुनलाई आठौं वरीयतामा राखिएको छ।