१२ श्रावण २०८३, मंगलवार
,
Latest
निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक श्रेष्ठको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, भने: ‘उहाँको योगदान सधैं प्रेरणादायी रहनेछ’ भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत शेरिफ मुस्ताफा अलसैयद अल्दिवानीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबीचको दीर्घकालीन मित्रता, सद्भाव र समझदारी सम्बन्धका विविध आयाममा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । सोही अवसरमा उपराष्ट्रपति यादवले सन् १९५७ जुलाई १६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र इजिप्टबीच कायम रहेको मित्रता र सद्भावपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्नुभयो ।

उहाँले नेपालले सन् १९६६ मा कायरोमा र इजिप्टले सन् १९७० मा काठमाडौँमा दूतावास स्थापना गरेको उल्लेख गर्दै यसले दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धको द्योतकका रूपमा कार्य गरेको बताउनुभयो । उहाँले लामो अन्तरालपछि आजै कायरोमा आयोजना हुन लागेको नेपाल–इजिप्ट द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठकप्रति खुसी व्यक्त गर्दै उक्त बैठकबाट महत्त्वपूर्ण सम्झौता तथा समझदारीपत्रहरूमा हस्ताक्षर हुने र सहकार्यका नयाँ मार्गहरू खुल्ने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले नेपाल र इजिप्ट दुवै असंलग्न राष्ट्रहरूको समूह (नाम) का संस्थापक सदस्य रहेको, संयुक्त राष्ट्रसङ्घ, जी–७७ तथा विश्व व्यापार सङ्गठनलगायत अन्तरराष्ट्रिय मञ्चहरूमा साझा मुद्दाहरूमा सहकार्य गर्दै आएकामा सन्तोष व्यक्त गर्नुभयो । उहाँले संसारमा अन्याय, सिमान्तीकरण र गरिबी रहेसम्म असंलग्न आन्दोलनको सान्दर्भिकता कायम रहने समान धारणा नेपाल र इजिप्टबीच रहेको बताउनुभयो । उहाँले इजिप्टले असंलग्न आन्दोलनको नेतृत्व गर्दै आएको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै इजिप्ट सरकारले नेपाल सरकारका अधिकारीहरूलाई तालिम तथा नेपाली विद्यार्थीहरूलाई विभिन्न सङ¬्कायमा छात्रवृत्ति प्रदान गर्दै आएकामा धन्यवाद व्यक्त गर्नुभयो ।

इजिप्टको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति यादवले महामहिम राजदूतमार्फत इजिप्टका महामहिम राष्ट्रपति, सरकार तथा मित्रवत जनतालाई बधाई दिँदै इजिप्टका जनताको निरन्तर शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँले महामहिमको कार्यकालमा नेपाल र इजिप्टबीचको सम्बन्ध थप सुमधुर र फलदायी हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

सो अवसरमा इजिप्टका राजदूत शेरिफ मुस्ताफा अलसैयद अल्दिवानीले नेपाल र इजिप्टबीचको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “इजिप्ट नेपालको हरेक क्षेत्रमा सहयोग गर्न तयार छ, विशेषतः सैनिक तथा कृषि क्षेत्रमा सहयोग गर्न इच्छुक छ”, उहाँले भन्नुभयो, “नेपालमा रासायनिक मल उपलब्ध गराउन इजिप्ट सहयोग गर्न चाहन्छ । साथै, इजिप्टका कृषि विशेषज्ञहरूलाई नेपाल आमन्त्रित गरी यहाँको कृषिको स्तर उकास्न तत्पर छ ।” राजदूत अल्दिवानीले आफ्नो कार्यकालको अवधिमा नेपाललाई इजिप्टले प्रदान गर्दै आएको छात्रवृत्तिको सङ्ख्या वृद्धि गर्न विशेष प्रयत्न रहने स्पष्ट गर्नुभयो ।




भर्खरै