१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कबिन्द्र बुर्लाकोटीले देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न रास्वपा पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मकवानपुरको हेटौँडामा आजदेखि सुरु भएको रास्वपाको बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्नुहुँदै महामन्त्री बुर्लाकोटीले जनताको पक्षमा निरन्तर आवाज उठाउँदै फरक राजनीतिक संस्कार स्थापित गर्ने उद्देश्यका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

महामन्त्री बुर्लाकोटीले मुलुक निर्माणका लागि प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यास आवश्यक रहेको तर्क गर्दै पार्टीमा निर्माण प्रक्रियामा खुला प्रतिस्पर्धा, विचारको बहस र योग्य नेतृत्वको चयन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

रास्वपा बागमती प्रदेश समितिका सभापति डा अच्युतम लामिछानेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा महामन्त्री बुर्लाकोटीले घण्टी बजाएर अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

द्घाटन कार्यक्रममा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, प्रतिनिधिसभाका सदस्य जगदीश खरेल, खगेन्द्र सुनार, डा तोसिमा कार्कीलगायत प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय नेताको सहभागिता थियो ।

हेटौँडास्थित हिमालय दरबारमा सुरु भएको अधिवेशनले प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट एक हजार ४०० प्रतिनिधिको सहभागिता थियो ।