१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो

अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
अ अ+ अ-

काठमाडाैँ । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा महानगरपालिका–९ पृथ्वीचोकदेखि हङकङ बजार, ट्राफिक प्रहरी कार्यालय हुँदै नयाँबजार जोड्ने सडक चौडा भएको छ ।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरेर विभिन्न सङ्घसंस्थाले निर्माण गरेका भवनमा यही जेठ १८ गते महानगरपालिकाले डोजर चलाएको थियो । हङकङ बजारको पूर्वपट्टी रहेका संरचना भत्काइपछि सो क्षेत्रको सडक खुला र फराकिलो बनेको हो । महानगर प्रमुख धनराज आचार्यले उक्त सडकलाई दुई लेनमा विस्तार तथा स्तरोन्नति गरिने बताउनुभयो ।

उक्त सडक निर्माणपछि पृथ्वीचोकको ट्राफिक व्यवस्थापन सहज हुने उहाँको भनाइ छ । महानगरले पूर्वसूचना गरेर त्यस क्षेत्रमा बनेका अनधिकृत संरचना हटाएको थियो ।

विभिन्न दलगत सङ्गठनदेखि विभिन्न सामाजिक सङ्घसंस्थाले उक्त सरकारी जग्गामा भवन बनाई वर्षौँदेखि भाडासमेत असुल्दै आएका थिए । महानगरले अतिक्रमित संरचना हटाउने पूर्वसूचना गरेपछि सङ्घसंस्था र व्यवसायीले भवन तथा सटर आफै खाली गरेका थिए । पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले दुई लेन सडक निर्माणका लागि बजेटसमेत सुनिश्चित भइसकेको बताउनुभयो ।

सडक मापदण्डभित्रका अस्थायी संरचना हटाउन खाद्य संस्थान र नेशनल ट्रेडिङलाईसमेत पत्रचार गरिसकिएको उहाँको भनाइ छ । “उपत्यका नगर विकास समितिको जग्गा खाली भइसकेको छ, सडक मापदण्ड अनुसार रेखाङ्कन पनि भइसकेको छ”, वडाध्यक्ष मर्सानीले भन्नुभयो, “त्यहाँ रहेका अन्य सरकारी कार्यालयहरूलाई पनि सडक मापदण्ड कायम गराउन महानगरबाट पत्राचार गरिएको छ ।”

उक्त सडक बनेपछि पृथ्वीचोक र बसपार्क क्षेत्रको सवारी चाप कम हुनुका साथै ट्राफिक व्यवस्थापनमा सहजता हुने उहाँले बताउनुभयो । अव्यवस्थित भवन र साँघुरो सडकका कारण त्यस क्षेत्रको आवागमन प्रभावित हुँदै आएको थियो । वडाध्यक्ष मर्सानीले बसपार्क क्षेत्रका अनधिकृत संरचना पनि हटाउन प्रकृया सुरु भइसकेको बताउनुभयो । सडक मापदण्ड कायम गर्न प्राविधिक नापजाँचसमेत भइसकेको उहाँको भनाइ छ । बसपार्कको जग्गा मिचेर बनाइएका पसल कबललगायत सबै संरचना हटाउन महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले यसअघि नै सार्वजनिक सूचना जारी गरिसकेको छ । न

गर विकास समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रकृयामा सघाउन सूचित गरेको हो । नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको जग्गामा स्थानीयवासी, सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरू रहेका छन् ।

आधुनिक सुविधासम्पन्न बसपार्क बनाउन विसं २०३२ मा दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएको थियो । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा पर्दै गएर अहिले करिब ६० रोपनी क्षेत्रफल मात्र बाँकी छ ।

बसपार्कको अतिक्रमित जग्गा खाली गराई प्रास्तावित आधुनिक पोखरा बसपार्क निर्माणको प्रकृयालाई अगाडि बढाउने महानगरको योजना छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा झण्डै पाँच सय परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बसेको महानगरले जनाएको छ । वास्तविक सुकुम्बासीलाई उचित व्यवस्थापन गरी अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाइने महानगर प्रमुख आचार्यले बताउनुभयो ।