११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले कञ्चनपुर–२ का प्रतिनिधिसभा सदस्य दीपक बोहराको नाम राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा समावेश गरिएको विषयमा कारण पेश गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई आदेश दिएको छ।

सांसद बोहराले भदौ २३ र २४ गते आफू अस्पतालमा रहेका बेला आन्दोलन भड्काउन संलग्न भएको आरोपसहित आयोगको प्रतिवेदनमा आफ्नो नाम उल्लेख गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश मनोजकुमार शर्मा को इजलासले राष्ट्रिय मानव अधिकार आयोग, आयोगका अध्यक्ष तथा सबै सदस्यका नाममा बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको आधार र कारण स्पष्ट पार्न आदेश जारी गरेको हो।

राष्ट्रिय मानव अधिकार आयोगले गत साता जेनजी आन्दोलनसँग सम्बन्धित मानवअधिकार उल्लंघनबारेको प्रतिवेदन सार्वजनिक गरेको थियो।