हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तिहार तथा नेपाल संवत् ११४० को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले आज एक सन्देश जारी गरी नेपालीहरुको महत्वपूर्ण चाड तिहार तथा नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत्ले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रामा समृद्धिको वाहक बनोस् भन्ने कामना गर्नुभएको छ ।
उहाँले सन्देशमा नेपाल संवत् ११४० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।