४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस

प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस
अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र साहले नै संसदको गतिरोध कायमै राखेको आरोप लगाएको छ ।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त पार्टीका सचेतक निष्कल राईले संसदको गतिरोध जारी हुनुमा प्रधानमन्त्री साहनै जिम्मेवार रहेको जिकिर गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री साहले संसदमा आएर चाँडै त्यसको गतिरोध अन्त्य गर्नुपर्ने अडान पनि राख्नु भयो । प्रधानमन्त्री साहले मुलुकको राष्ट्रियताको विरुद्धमा गम्भिर अभिव्यक्ति दिएकाले सबै विपक्ष दलहरुले त्यसको एक ठाउँमा उभिएर विरोध गर्नुपरेको पनि सचेतक राईले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,‘सदन अवरोध हामीले कुनै रहरले गरिराखेका छैनौ । सबैभन्दा महत्वपूर्ण कुरा राष्ट्रियता, राष्ट्रिय अखण्डताको कुरानै आईसकेपछाडि हामी सबै प्रतिपक्ष दलहरु एक ठाउँमा छौ । तर पनि यो गतिरोधलाई, यो डेडलकलाई लामो समय राखि राख्न सकिँदैन । सहमती, सहकार्यकै बाटोबाट अघि बढने हो । र यसका लागि दलहरुका बीचमा, दलका नेताहरुको बीचमा सम्वाद जारी छ । सम्माननीय प्रधानमन्त्री आउनु हुन्छ । ल्याउने काम सत्ता पक्षका दलले पनि गर्दैछ । सबैभन्दा जिम्मेवार भएकाले प्रधानमन्त्रीले डेडलक खोल्न पनि संसदमा  आउनु हुन्छ, आउनु पर्दछ । अर्थमन्त्रीले पनि कर छलीको विषयमा संसदमा स्पष्ट पार्नु पर्दछ ।’

सचेतक राईले कर छली सम्बन्धि विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा आएको स्पष्ट जवाफ दिनुपर्ने माग समेत गर्नुभयो ।