३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग
अ+ अ-

काठमाडाैँ । नेकपा एमालेकी सांसद मिनान्सी रखालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह)ले सीमा सम्बन्धी दिएको अभिव्यक्तिबारे माफी माग्दै राजीनामा दिने साहस देखाउनुपर्ने बताउनुभएको छ।

मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीको “नेपालले भारतको पनि भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्ति राष्ट्रियता, सार्वभौमिकता तथा कूटनीतिक संवेदनशीलताविपरीत रहेको टिप्पणी गर्नुभयो।

सांसद रखालका अनुसार नेपालको भूमि, सीमा र राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित विषय ऐतिहासिक तथ्य, प्रमाण, नक्सा, सन्धि–सम्झौता र राष्ट्रिय सहमतिसँग जोडिएको विषय भएकाले व्यक्तिगत अनुमान वा धारणाका आधारमा सार्वजनिक अभिव्यक्ति दिन नहुने बताउनुभयो। उहाँले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत असर पार्न सक्ने जोखिम रहेको दाबी गर्नुभयो।

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका नेपाली भूभागबारे राजनीतिक दल, संसद र आम नेपालीबीच साझा राष्ट्रिय अडान रहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको आधिकारिक धारणा कमजोर बनाउन सक्ने भन्दै आपत्ति जनाउनुभयो।

यदि प्रधानमन्त्रीको भनाइ तथ्यमा आधारित हो भने त्यससम्बन्धी आधिकारिक प्रमाण संसद र जनतासमक्ष प्रस्तुत गर्नुपर्ने उहाँको माग छ। साथै, यदि अभिव्यक्ति असावधानीवश आएको हो भने तत्काल फिर्ता लिएर स्पष्टिकरण र क्षमायाचना गर्नुपर्ने उहाँले बताउनुभयो।

उहाँले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको नैतिक जिम्मेवारी वहन गर्दै जनताको विश्वास पुनःस्थापित गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। आवश्यक परे पदबाट राजीनामा दिनेसम्मको साहस देखाउनुपर्ने उहाँको भनाइ छ।

सांसद रखालले प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिएर संसद सञ्चालनको वातावरण बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रियता कुनै दल, व्यक्ति वा सरकारभन्दा माथिको विषय भएको पनि स्पष्ट पार्नुभयो।