७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट फर्केर ‘फूल’खेती



अ+ अ-

दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ झिगौरामा व्यावसायिक रुपमा सयपत्री फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ । अन्य स्थानमा पनि व्यावसायिक रुपमा नभए पनि फूलको खेती गर्न थालिएको छ । झिंग्रौरा निवासी लोकेन्द्र रोकामगरले व्यावसायिकरुपमा सयपत्री फूलखेती गरेका हुन् । शुरुका केही वर्ष तिहारको लागि मात्र उहाँले फूलखेती गर्नुभएको थियो ।

अहिले पछिल्लो समयमा आएर व्यावसायिकरुपमा नै अगाडि बढेको उहाँको भनाइ छ । उहाँले जलजला पुष्पखेती फार्म दर्ता गरेर सयपत्रीको व्यावसायिक रुपमा खेती शुरु गर्नुभएको छ । अहिले १२ कट्टा जग्गा भाँडामा लिएर खेती गरेका उहाँले वार्षिक रु ४८ हजार भाँडा तिर्ने गरेको बताउनुभयो । आउँदो वर्ष १८ कट्टामा फूलखेती उहाँको भनाइ रहेको छ । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा विताएका रोकामगरले जिल्लामा दशैँतिहारलगायतका पर्व एवं अन्य शुभ कार्यका लागि फूलको माग देखे पछि फूलखेती गर्ने थालेको बताउनुभयो । अहिले उहाँले भारतको कोलकत्ताबाट अफ्रिकन मेरिगोल्ड जातको सयपत्री फूलको बीउ ल्याएर व्यावसायिक खेती गर्नुभएको छ ।

घोराही बजार नजिकै फूलखेती गरे पछि आफूलाई बजारको लागि कुनै पनि समस्या नभएको रोकाले बताउनुभयो । जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङका शहरबाट समेत फूल लिन आउने गरेका छन् । “काठमाडौँबाट फूलको माग भए पनि फूल पठाउन सकिएको छैन”, रोकाले भन्नुभयो । मागअनुसार जिल्लामा फूल उत्पादन हुन नसकेको उहाँको भनाइ छ । अहिले उहाँले एक वटा मालालाई रु १०० मा बिक्री गर्ने गरेको बताउनुभयो ।

पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले यस वर्षदेखि बाह्रै महीना फूल उत्पादन गर्ने बताउनुभयो । गत वर्ष उहाँले गरेको फूलखेतीबाट रु एक लाख नाफा गर्न सफल भएको बताउनुभयो । आफूसँगै परिवार तथा अन्य तीनजनालाई समेत रोजगार प्रदान गरेको उहाँको भनाइ छ ।