१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन
अ अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ।

सूचना तथा सञ्चार मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडेक) बैठकलाई आज सम्बोधन गर्दै उहाँले समस्या र प्रश्नबाट भाग्ने प्रवृत्तिको अन्त्य गरी तिनको समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले मन्त्रालयभित्र के–कस्ता समस्या छन् ? ती कहाँबाट उत्पन्न भएका हुन् र तिनको गाँठो कसरी फुकाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । विगतमा भएका काम, त्यसबाट प्राप्त नतिजा र हाल देखिएका चुनौतीको समीक्षा गर्दै समाधानमुखी ढङ्गले अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

“जहाँ समस्या देखिन्छ, त्यसको जरासम्म पुगेर समयमै समाधान खोज्नुपर्छ,” उहाँले भन्नुभयो, “प्रश्न र समस्याबाट भाग्ने होइन, त्यसमाथि छलफल गरेर नतिजा देखिने गरी काम गर्नुपर्छ ।”

विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट अभाव भएको गुनासो आउने गरेको तर विनियोजन भएको बजेटसमेत अपेक्षाअनुसार खर्च हुन नसकेको उल्लेख गर्दै उहाँले त्यसको कारण पहिचान गर्न आवश्यक रहेको बताउनुभयो । अरु विषयगत मन्त्रालयहरुले अर्थ मन्त्रालयले पर्याप्त बजेट नदिएको गुनासो गर्ने तर प्राप्त बजेट खर्च गर्न नसक्ने अवस्थाले कार्यसम्पादनमा रहेका कमजोरी उजागर गरेको उहाँको भनाइ थियो ।

सरकारले चालु आर्थिक वर्षका लागि तय गरेका नीति, योजना र कार्यक्रम कार्यान्वयनमा सबै निकायले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्रालय र मातहतका निकायका कर्मचारीले केवल नियमित जागिर खाने मानसिकताभन्दा माथि उठेर राष्ट्र निर्माणको अभियानमा योगदान दिनुपर्ने बताउनुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले राष्ट्रसेवक कर्मचारीले नागरिकको सेवकका रूपमा काम गर्नुपर्ने बताउनुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले अन्तरनिकाय समन्वय र सहकार्यको अभावका कारण कतिपय कार्यक्रम प्रभावित भएको उल्लेख गर्नुभयो । सरकारले हुलाक सेवालाई आधुनिकीकरण गरी नागरिकको घरदैलोमै सेवा पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको भए पनि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो । त्यस्तै, तथ्यांक व्यवस्थापन र अभिलेखीकरणमा समेत सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले प्रत्येक कर्मचारी आफ्नो जिम्मेवारीप्रति उत्तरदायी हुनुपर्ने र माथिल्लो निकायले आवश्यक सहयोग तथा सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदश्य प्राडा सुदन झाले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई नागरिक सेवा केन्द्रित गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयनका लागि श्रोत साधन अभाव भन्दा पनि कर्मचारीको कार्य क्षमता अभाव मुख्य समस्या रहेको उहाँको भनाइ छ ।

बैठकमा मन्त्रालयको बजेट खर्च तथा योजना र कार्यक्रम कार्यान्वयनको अवस्थाबारे प्रस्तुति दिँदै मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीले हालसम्मको खर्च अवस्था सन्तोषजनक नरहेको बताउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षका लागि मन्त्रालयलाई रु सात अर्ब ९१ करोड ३२ लाख ५३ हजार बजेट विनियोजन गरिएकोमा वैशाख मसान्तसम्म रु चार अर्ब दुई करोड खर्च भएको छ, जुन कुल विनियोजनको ५० दशमलव ८८ प्रतिशत हो।

त्यसैगरी चालुतर्फ रु पाँच अर्ब ९५ करोड १५ लाख विनियोजन भएकामा रु तीन अर्ब ७८ करोड ३७ लाख अर्थात् ६३ दशमलव ५८ प्रतिशत खर्च भएको छ। पुँजीगततर्फ रु एक अर्ब ९६ करोड १७ लाख विनियोजन गरिएकामा वैशाख मसान्तसम्म रु २४ करोड २८ लाख मात्र खर्च भएको छ, जुन वार्षिक विनियोजनको १२ दशमलव ३८ प्रतिशत बराबर हो।

बैठकमा मन्त्रालय र मातहतका निकायका कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या, बजेट खर्चको अवस्था तथा समाधानका उपायबारे छलफल गरिएको छ ।