७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकांश स्थानीय तहका कार्यालय भाडाकै घरमा



अ+ अ-

बारा । बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् ।

स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् । १६ स्थानीय तहमध्ये सुगम र सुविधा सम्पन्न उपमहानगरपालिकाको रुपमा चिनिने कलैया उपमहानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाबाहेकका सबै स्थानीय तहका कार्यालय भाडा तथा अरु सरकारी कार्यालयका भवनमा सञ्चालनमा रहेको बताइएको छ ।

कोल्हवी नगरपालिका, महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, त्यसैगरी आर्दशकोतवाल गाउँपालिका, बारागढी गाउँपालिका, करैयामाई गाउँपालिका, विश्रामपुर गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, देवताल गाउँपालिका र सुर्वण गाउँपालिका भाडाकै घरमा सञ्चालित छन् ।

स्थानीय तह गठन भएको लामो समय बित्दा पनि भवन निर्माणका लागि बजेट विनियोजन नहुँदा व्यक्तिगत प्रयोजनका लागि बनाइएका घर तथा अन्य सरकारी एवम् गैर सरकारी निकायका भवनबाट कार्यसम्पादन गर्दा समस्या परेको स्थानीय निकायका जनप्रतिनिधिको गुनासो छ ।