१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै रगत अपुग, शल्यक्रिया गर्दा समस्या



अ+ अ-

दाङ । दाङ घोराही र तुलसीपुर गरी दुई स्थानमा रक्तसञ्चार केन्द्र सञ्चालनमा छन् । जिल्लामा बढ्दो शहरीकरण, धमाधम स्वास्थ्य संस्था खुल्नु र दुर्घटना बढ्नुले पनि रगतको माग बढेकाले जिल्लामा सधैँजसो रगतको अभाव हुने गरेको छ ।

बिरामीलाई आवश्यक परेको समयमा तुरुन्तै रगत पाउने अवस्था अझै हुनसकेको छैन । रक्तसञ्चार केन्द्र दाङका अनुसार अझै २० प्रतिशत बिरामीले उनीहरुका आफन्तबाटै रगत लिने गर्दछन् । दैनिक १०/१५ युनिट रगत आवश्यक पर्ने जिल्लामा मासिक सरदर ३०० युनिट रगतको आवश्यकतापर्ने रक्तसञ्चार केन्द्रले जानकारी दिएको छ ।

तुलसीपुर र घोराहीका रक्तसञ्चारका लागि गत आर्थिक वर्ष २०७६/७७ मा दुई हजार ९६० जनाले रक्तदान गरेका थिए । तुलसीपुरमा ६४४ युनिट रगत सङ्कलन भएकोमा ६७३ युनिट रगत खपत भएको रक्तसञ्चार केन्द्र तुलसीपुरका नरेश चौधरीले बताउनुभयो । घोराहीमा दुई हजार ३१६ युनिट सङ्कलन भएको र त्यस मध्यमा २२ सय युनिट खपत भएको रक्तसञ्चार केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपाने बताउनुभयो । घोराहीमा दुई हजार ३१६ युिनटमा एक हजार ८८० युनिट पुरुषबाट र महिलाबाट ४३६ युनिट सङ्कलन भएको उहाँको भनाइ छ ।

त्यसैगरी डाइलोसीस सेवा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुरु भएको र दैनिक छ/सात युनिट रगत खपत हुने गरेको छ । रक्तसञ्चार केन्द्र तुलसीपुरमा फ्रिज सानो क्षमता भएकाले ६० युनिटभन्दा बढी भण्डार गर्न नमिल्ने भएकाले समस्या रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।

त्यसैगरी दाङमा ८० प्रतिशत बिरामीले रक्तसञ्चार केन्द्रबाट रगत प्राप्त गर्ने गरेका छन् । “जिल्लामा सबैभन्दा बढी ‘बि’ पोजेटिभ समूहको रगतको अभाव हुने गरेको छ ”, केन्द्रका प्रमुख न्यौपानेले भन्नुभयो, “दाङमा सिकलसेलका बिरामी धेरै भएकाले पनि उनीहरुलाई ‘बि’ पोजेटिभ रगत आवश्यक पर्ने भएकाले त्यसको अभाव हुने गरेको हो ।”