१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई करोडको अस्पताल भवन प्रयोगविहीन



अ+ अ-

भोजपुर। षडानन्द नगरपालिका–७ गढीगाउँमा भारतीय सहयोगमा निर्माण भएको १५ श्ययाको दिङ्ला अस्पताल सञ्चालनमा नआउँदा जीर्ण बन्न थालेको छ ।अस्पताल संरक्षण तथा सञ्चालनको सम्पूर्ण जिम्मा पाएको षडानन्द नगरपालिकाको उदासिनताका कारण अस्पताल अहिले भत्किन थालेको स्थानीयवासीले बताएका छन् ।

रु दुई करोड ४५ लाख १७ हजार १५८ को लागतमा महादेव खिम्ती पोखरे कालिका निर्माण सेवा जेभी काठमाडौँले छ वर्ष लगाएर गत असारमा निर्माण सम्पन्न गरेको सो अस्पताल भवनको संरक्षण हुन नसक्दा अहिले भत्किन थालेको छ । संरक्षणको अभावमा अस्पताल भवनको पूर्वपट्टि रहेको गेटको पिलर र दक्षिण भागमा रहेको बाहिरी पर्खाल भत्किएको छ ।

भारतीय राजदूतावासका प्रतिनिधि वेदप्रकाशको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले नगरपालिकाका प्रमुख वीरबल राईलाई विसं २०७५ मङ्सिर २८ गते भवनको ताला, चाबी जिम्मा लगाइसकेको नगरपालिकाका सूचना अधिकारी केशव गुरागाईँले जानकारी दिए। नेपाल सरकारको नीतिअनुसार एक स्थानीय तहमा एक अस्पताल बनाउने लक्ष्यअनुरुप भारतीय सहयोगमा अस्पताल निर्माण भएकाले अब त्यसलाई चाँडै सञ्चालनमा ल्याउने नगरप्रमुख राईले बताए ।