८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक आगामी जेठ २७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो।

बैठकमा विभिन्न उपसमितिका संयोजकहरूले अवधारणा पत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै प्रस्तावित आन्तरिक आचारसंहितामाथि छलफल गरिने, थप उपसमितिहरूको जिम्मेवारी निर्धारण गरिने तथा समसामयिक र विविध विषयमा पनि छलफल हुने जनाइएको छ।

नेपाली कांग्रेसले नीति निर्माण, अनुसन्धान तथा प्रशिक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित बैठक आयोजना गर्न लागेको जनाएको छ।