११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप

मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप
अ अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद नरेन्द्र केरुङले मुलुकको राष्ट्रियता, सीमा सुरक्षा र जनजीविकाका गम्भीर सवालमा सरकार जवाफदेही नभएको आरोप लगाउनुभएको छ ।

पाँच दिनको स्थगनपछि प्रारम्भ भएको प्रतिनिधिसभाको बैठकमा पुनः अवरोध सिर्जना भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद केरुङले यस्तो बताउनुभएको हो ।

सांसद केरुङले बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण हुने उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा प्रधानमन्त्री वा सम्बन्धित निकायबाट चित्तबुझ्दो जवाफ नआएसम्म विरोध जारी रहने बताउनु भयो ।

सत्ताधारी दलका सभापतिको भारत भ्रमणपछि आयोजना गरिएको सर्वदलीय बैठक निष्कर्षविहीन टुङ्गिएकाले संसदको गतिरोध अन्त्य हुन नसकेको उहाँको भनाइ छ । उहाँले सरकार कुनै एउटा दलको मात्र नभई सबै नागरिकको अभिभावक हुनुपर्ने र जनताका प्रश्नप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो ।

विद्यार्थीका मोबाइल फोन नष्ट गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै सांसद केरुङले यसलाई ‘विवेकहीनताको पराकाष्ठा’ संज्ञा दिनुभयो । अभिभावकले पसिना बगाएर आफ्ना सन्तानका लागि खरिद गरिदिएको सम्पत्ति नष्ट गर्नु अन्यायपूर्ण भएको बताउँदै उनले सम्बन्धित विद्यार्थीलाई तत्काल क्षतिपूर्ति दिन माग गर्नुभयो ।

उहाँले देशभर फैलिएको बाँदरको आतङ्कका कारण किसानहरू मारमा परेको र पहाडी क्षेत्रबाट बसाइँसराइ समेत बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । बालीनाली संरक्षणका लागि वन्यजन्तु विज्ञहरूसँग परामर्श गरी वातावरणमैत्री तवरले यस समस्याको उचित व्यवस्थापन गर्न आवश्यक नीति र कानून निर्माण गर्नुपर्ने उहाँको माग छ ।