११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी

एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
अ अ+ अ-

काठमाडौं  । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विस्तारले विश्वव्यापी रूपमा ऊर्जा र पानीको खपत बढाउँदै गम्भीर वातावरणीय संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एआईका ठूला डाटा सेन्टरहरू सञ्चालनका लागि अत्यधिक ऊर्जा र पानी आवश्यक पर्ने भएकाले भविष्यमा जलवायु परिवर्तन, वन विनाश तथा वातावरणीय असन्तुलन अझ गम्भीर बन्न सक्ने उल्लेख गरे ।

पाण्डेले एआई प्रविधिको बढ्दो प्रयोगलाई रोक्न नसकिने यथार्थ स्वीकार गर्दै त्यसका नकारात्मक असरबारे समयमै नीतिगत तयारी र प्रभावकारी नियमन आवश्यक रहेकोमा जोड दिए । उनका अनुसार प्रविधिको विकास र वातावरणीय संरक्षणबीच सन्तुलन कायम गर्नु अबको प्रमुख चुनौती हो ।

उनले भने, एआईको प्रयोग विश्वव्यापी रूपमा तीव्र गतिमा बढिरहेको अवस्थामा यसले ऊर्जा र पानीको माग पनि बढाउनेछ, जसले दीर्घकालीन रूपमा वातावरणीय संकटलाई गहिरो बनाउन सक्छ ।

तर उनले एआईलाई पूर्ण रूपमा नकारात्मक मात्र नभई कृषि र किसानका लागि अत्यन्त उपयोगी प्रविधि पनि भएको उल्लेख गरे । कृषि आधुनिकीकरण, डाटा विश्लेषण र उत्पादन वृद्धि जस्ता क्षेत्रमा एआईको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।

पूर्वअर्थमन्त्री पाण्डेका अनुसार अबको आवश्यकता प्रविधिको उपयोग र वातावरणीय क्षतिबीच सन्तुलन कायम गर्नु हो, जसका लागि सरकारले स्पष्ट कानुन, नीति र नियमनकारी संयन्त्र विकास गर्नुपर्ने आवश्यकता छ ।

उनले पार्टीभित्र नीतिगत तथा नियामक क्षमतालाई बलियो बनाउँदै सरकारलाई सही नीति निर्माणका लागि निरन्तर दबाब दिनुपर्ने पनि बताए ।

कार्यक्रममा उनले समाजशास्त्री इमानुएल वालरस्टिनको विश्व–प्रणाली सिद्धान्त उल्लेख गर्दै ज्ञान र प्रविधिको असमान वितरणप्रति पनि ध्यानाकर्षण गराए । उनका अनुसार विकासशील मुलुकहरूले कच्चा तथ्याङ्क र स्रोत उपलब्ध गराए पनि त्यसबाट उत्पादन हुने ज्ञान र प्रविधि विकसित देशमा केन्द्रित हुने र पुनः महँगो रूपमा फर्किने प्रवृत्ति अझै जारी छ ।

यसले विश्वव्यापी रूपमा उत्तर र दक्षिण बीचको खाडल मात्र होइन, देशभित्रै पनि डिजिटल असमानता र वर्गीय दूरी बढाउने खतरा रहेको पाण्डेको भनाइ छ ।

उनले यस्तो असमानता रोक्नका लागि आफ्नै देशमा ज्ञान उत्पादन प्रणाली सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।