३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ?

एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ?
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हालैको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको सार्वजनिक अभिव्यक्तिबीच कुनै तादम्यता थियो वा थिएन भन्ने प्रश्न उठाएको छ।

सिंहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकमा एमालेले उक्त विषय उठाएको हो। बैठकमा रास्वपा सभापति लामिछाने स्वयं उपस्थित थिए। उनले आफ्नो भारत भ्रमणबारे दलहरूलाई जानकारी गराएका थिए र उठेका प्रश्नहरूको जवाफ समेत दिएका थिए।

एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार, बैठकमा पार्टीको तर्फबाट भ्रमण र राजनीतिक अभिव्यक्तिबीच सम्भावित सम्बन्धबारे प्रश्न गरिएको थियो।

“प्रधानमन्त्रीको स्टेटमेन्ट र तपाईंको भारत भ्रमणबीच तादम्यता थियो कि थिएन ? यस्ता विषय उठे कि उठेनन् ? भनेर हामीले कुरा राख्यौं,” महरले बैठकपछि बताए।

बैठकमा सीमा विवादसम्बन्धी विषय पनि उठाइएको एमालेले जनाएको छ। भारत भ्रमणका क्रममा सीमा अतिक्रमणबारे छलफल भयो कि भएन भन्ने प्रश्न समेत रास्वपा सभापतिसँग गरिएको थियो।

“अहिले पनि भारतले सीमा मिचिरहेको छ। उहाँ भारत भ्रमणमा हुँदा पनि मिचिएको अवस्था थियो। यसबारे छलफल भयो कि भएन भनेर सोध्यौं,” महरले थपे।

त्यसैगरी, एमालेले ईपीजी (प्रबुद्ध व्यक्ति समूह) प्रतिवेदन कार्यान्वयनसम्बन्धी विषयमा पनि बैठकमा प्रश्न उठाएको जनाएको छ।