२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा पनि सामुदायिक नर्स कार्यक्रम



अ+ अ-

सुर्खेत । प्रदेश नं ३ मा विद्यालय नर्स कार्यक्रम प्रभावकारी भएपछि कर्णाली सरकारले पनि सोही मोडलको सामुदायिक नर्स कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले कर्णालीका स्वास्थ्य संस्थाविहीन समुदाय तथा विद्यालयहरुमा परिचालन हुने गरी नर्सिङ कार्यक्रम ल्याएको हो । मन्त्रालयको स्वास्थ्य महाशाखाले यसका लागि स्टाफ नर्स ५९ र अनमी १४२ गरी २०१ जनालाई परिचालन गर्दैछ ।

महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वयंसेवक परिचालन कार्यविधिअन्तर्गत सामुदायिक नर्सिङ कार्यक्रम सञ्चालन गरिने बताए । “कर्णालीका थुपै्र वडामा स्वास्थ्य संस्था छैनन्, स्वास्थ्य संस्था नभएका वडालाई केन्द्रित गरेर सम्बन्धित वडा कार्यालयमै रहनेगरी नर्सिङ स्टाफहरु मङ्सिरदेखि परिचालन हुँदैछन्”, उनले भने, “कात्तिक महीनाभित्र छनोट, तालीमलगायत सबै प्रक्रिया पूरा गरिनेछ ।”

महाशाखा प्रमुख शाहीले छनोटका लागि शैक्षिक योग्यता, अनुभव तथा स्थानीयवासीलाई प्राथमिकतामा राखिने बताए । कार्यक्रमका लागि मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारबाट खटिएका नर्सिङ स्टाफले सम्बन्धित वडा कार्यालयको निर्देशनमा आवश्यकताअनुसार समुदायका साथै विद्यालयमा पनि खटिनेछन् ।

सामाजिक विकासमन्त्री दल रावलले यो कार्यक्रमले दुर्गम भेगका समुदायका साथै विद्यालयहरुमा स्वास्थ्य तथा सरसफाइको अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे। उनले आधारभूत स्वास्थ्य तथा सरसफाइको हिसाबले जोखिममा रहेका समुदायलाई केन्द्रित गरेर नर्सिङ स्टाफ परिचालन हुने बताए । प्रदेश नं ३ सरकारले गत वर्षदेखि शुरु गरेको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनेपछि कर्णालीले पनि सोही प्रकृतिको सामुदायिक नर्स कार्यक्रम ल्याएको हो ।

कर्णालीले नर्सिङ स्टाफलाई विद्यालयमै सीमित नराखी समुदायमा पनि परिचालन गर्न लागेको हो । कर्णालीमा ७९ स्थानीय तह छन् । स्वास्थ्य संस्था नभएका, संस्थाको पहुँचभन्दा टाढा रहेका समुदायलाई मुख्य प्राथमिकता राखेर नर्सिङ स्टाफ परिचालन गरिने मन्त्रालयको भनाइ छ ।