७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीलाई पर्यटकीय गन्तव्य टोड्केमा भव्य सम्मान



अ+ अ-

म्याग्दी । म्याग्दीमा जन्मिएर ५० वर्ष नाघेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई म्याग्दीको आकर्षक पर्यटकीय गन्तव्य टोड्केमा भव्य सम्मान गरिने भएको छ ।

विभिन्न खेलमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय पदक विजेताको सम्मान गर्ने उद्देश्यले टोड्के रिर्सोट प्रालिले आगामी शनिबार भव्य समारोहका बीच सम्मान गर्ने कार्यक्रम रहेको प्रालिका निर्देशक भीम शेरचनले बताउनुभयो । “खेलकूद क्षेत्रमा योगदान पुर्याउनुभएका खेलाडीलाई सम्मान गर्नेछौँ, उहाँहरुको नाम सङ्कलन भइरहेको छ”, शेरचनले भन्नुभयो ।

जिल्ला खेलकूद विकास समितिलाई खेलाडीको नाम उपलब्ध गराउन पत्रचार गरिएको बताउँदै खेलाडीले समेत आफ्नो प्रमाणसहितको विवरण उपलब्ध गराउन सक्ने आयोजकले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटीका उपमहासचिव पिताम्बर तिमिल्सिना, हेन्डबल एशोसिएसनका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरूङलगायत खेलकूद क्षेत्रमा विशिष्ट व्यक्तिहरुको उपस्थिति हुनेछ ।

आगामी कात्तिक १४ देखि १६ सम्म हुने कार्यक्रममा हेन्डबलको सो म्याचसमेत आयोजना गरिनेछ । हेन्डबलको परीक्षणसमेत हुने भएकाले मापदण्ड र उपयुक्त भएमा भविष्यमा प्रतियोगिता नै आयोजनासमेत हुनसक्ने टोड्के रिर्सोट प्रालिका अध्यक्ष मीनबहादुर पाइजाले बताउनुभयो ।

बेनी नगरपालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाको सङ्गममा अवस्थित टोड्के ९दुई हजार पाँच सय मिटर० बाट प्रकृतिको अनुपम उपहार, वरिपरि लालीगुराँसको जङ्गल, स्वर्गद्वारीको शाखा आश्रम, मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।