१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुक्की’



अ+ अ-

झापा । झापाको मेचीनगर–१ निन्दाटारमा धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुम्की’ छ । जहाँ वर्षमा सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

किम्बदन्ती अनुसार महाभारतकालमा पाण्डवलाई गुप्तवासमा भेट्न आएका बेला श्रीकृष्ण भगवान कुनै दिन भीमसेनलाई साथमा लिएर सलकपुरका राजा सत्तल सेनलाई भेट्न जानु भएको रहेछ । भक्त सत्तल सेनलाई दुःख दिइरहने लोहासुरको राज्य कता रहेछ भनेर नियाल्न पहाडको सानो थुम्कीमा नन्दिनी गाईसहित चढ्नुभएका बेला एउटा शिलामा पाइला प¥यो । नन्दिनीलेसमेत त्यहाँ टेक्दा डोब बस्यो । शिला पल्टिएर फेरि टेकिँदा अर्कोतिर पनि पाइला र डोब बस्यो ।

श्रीकृष्ण भगवानको पाइला र गाईको खुरको डोब बसेको त्यही स्थान अहिलेको कृष्णथुम्की हो भन्ने धार्मिक विश्वास रहेको छ ।

विसं २०५५ बुौद्धपूर्णिमाका दिन योगी नरहरिनाथले थुम्कीको शिरोभागमा कृष्ण र मध्यभागमा बौद्ध गुम्बाको शिलान्यास गर्नु भएको थियो । वरिपरी हरिया डाँडापाखा रहेको श्रीकृष्ण थुम्की काँकडभिट्टाबाट १८ किलोमिटर उत्तरमा छ । मोटरबाटो भएकाले पुग्नका लागि कुनै गाह्रो छैन ।

कृष्ण जन्माष्टमी र साउन महिनामा भव्य मेला लाग्ने यहाँ स्वदेशी मात्र होइन विदेशी पर्यटक दृश्यावलोकनका लागि आउने गरेको कृष्णथुम्की विकास समितिका अध्यक्ष महेन्द्र मल्ल बताउनुहुन्छ । मेचीनगर नगरपालिका उपप्रमुख मीना उप्रेतीले कृष्णथुम्की मेचीनगरका पर्यटकीय स्थानमध्ये महत्वपूर्ण स्थान भएको बताउनुभयो । उहाँले यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले विशेष योजना अघि बढाएको जानकारी दिनुभयो ।