२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउसीभैलोबाट प्राप्त रकम विद्यालयमा सहयोग



अ+ अ-

बाजुरा । देउसीभैलो खेलेर ४८ हजार नगद चन्दा सङ्कलन गरिएको छ । जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीमा रहेको खातीभिटा आधारभूत विद्यालयले उक्त रकम संकलन गरेको हो । विद्यालयको आयोजनामा यही कात्तिक ८ देखि कात्तिक ११ गतेसम्म सञ्चालन गरिएको देउसी भैलोबाट चन्दा संकलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश खडकाले बताउनुभयो ।

देउसी भैलो गौमुल गाउँपालिका–१ र २ र बडिमालिका नगरपालिका वडा–३ मा खेलिएको हो । संकलित रकम विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्न र अन्य भौतिक विकासमा खर्च गरिने भएको छ ।
आपसी सद्भाव र भाईचाराको सम्बन्ध स्थापित गर्नुका साथै संस्कृतिको जगेर्ना र मनोरञ्जनका लागि देउसीभैलोको आयोजना गरिएको अध्यक्ष खड्काको भनाई रहेको छ । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति,शिक्षक र अभिभावक लगायतको सहभागिता रहेको थियो ।

यसैबीच सोही वडामा रहेको रजाली युथ क्लव,वडा स्तरीय महिला अधिकार मञ्च,वडा स्तरीय बाल क्लव र चोयाकोट बाल क्लवको आयोजनामा कात्तिक ९ गतेबाट कात्तिक १२ गते सम्म सञ्चालित देउसी भैलो कार्यक्रमबाट २३ हजार ६ सय १० रुपियाँ संकलन भएको छ ।
उक्त संकलित रकमबाट करिब रु १ लाख बराबरको साउण्ड सिष्टम बाल क्लवले खरिद गर्ने लक्ष्य लिएको अध्यक्ष कृष्ण खड्काले बताउनुभयो । उक्त संकलन भएको रकम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा रहेको रजाली युथ क्लवको खातामा रकम जम्मा गरिएको छ ।