७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका नेकपा नेता श्रेष्ठ र रावल भेट्न नपाई फर्किए



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डायलासिस जारी छ। प्रधानमन्त्री ओलीलाई आइसियूमा राखेर डायलासिस गरेको ग्राण्डी अस्पतालमा स्रोतले बतायो।

बिहीबार दिउँसो सवा १ बजे अस्पताल पुगेका नेकपा नेता भीम रावल प्रधानमन्त्रीको डायलासिस जारी रहेकाले नभेटी फर्किएका छन् ।

‘प्रधानमन्त्रीलाई डायलासिस गरेकाले मैले भेट्न मिलेन। अहिले केही समयपछि आउँछु भनेर अस्पतालबाट फर्किएँ,’ रावलले भने,’सबै चिकित्सकहरू व्यस्त रहेकाले मैले उहाँहरूसँग पनि बुझ्न पाइनँ।’

यस्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि आजै प्रधानमन्त्री भेट्न अस्पतालपुगेका थिए। तर डायलासिस भइरहेकाले उनले पनि भेट्न पाएनन्।

‘म अस्पताल पुगेको थिएँ। तर प्रधानमन्त्रीसँग भेट हुन पाएन। अस्पतालका निर्देशक चक्रराज पाण्डेजीसँग कुरा भयो। उहाँले प्रधानमन्त्रीको स्वास्थ्य राम्रो छ भन्नुभयो,’ श्रेष्ठले भने।

प्रधानमन्त्रीको डायलासिस चलिरहेकाले आज पनि प्रधानमन्त्री ग्राण्डीमै रहने सम्भावना बढेको अस्पताल स्रोतले जनाएको छ ।