७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालविवाह रोक्न सक्रिय किशोरीहरु



अ+ अ-

बाँके । बाँकेका आठ वटै स्थानीय तहमा किशोरी सञ्जाल गठन गरिएका छन् । बालविवाह न्यूनीकरण तथा बालिकाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेर गठन गरिएका यस्ता क्लबहरुमा आबद्ध किशोरीहरु अहिले प्रथमतः आफू बालविवाहबारे बुझ्छन् र त्यसपछि अरुलाई बुझाउने गर्छन् ।
बालविवाहबारे जानकारी दिन आयोजना हुने विभिन्न कार्यक्रमहरुबाट सिक्दै बालिकाहरुले आफ्नो गाउँटोलमा त्यसको प्रचार गरिरहेका छन् । बाँकेमा प्लान इन्टरनेशनल र स्याकले यस कार्यमा सघाउँदै आएका छन् । उनीहरुलाई बालविवाहको प्रतिकूल प्रभावबारे प्रशिक्षण मात्रै दिइएको छैन, उनीहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम नै बनाएर विभिन्न गतिविधिहरुमा संलग्न गराइँदै आइएको छ ।

“किशोरी क्लबमा आबद्ध भएपछि हामीले धेरै कुरा जान्ने अवसर पाएका छौं,” बालबिवाहविरुद्ध सक्रिय राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका किशोरीहरुले भने – ‘हामीले बुझेका कुरा आफ्ना घर, छिमेकमा पनि बुझाइरहेका छौं ।’ शुरुमा संस्थाको सहयोगमा क्रियाशील किशोरी क्लब अब सक्षम हुँदै गएका छन् । उनीहरु आफ्ना अधिकार के हुन् र कहाँ गएर अधिकार माग्ने भन्नेमा सचेत हुँदै गएका छन् ।

गत वर्ष गठन भएको समावेशी किशोरी क्लबले पाँच वटा बालविवाह रोकिसकेको छ । त्यति मात्रै होइन आफ्नै उमेर नपुग्दा पनि उनीहरुले अभिभावकलाई उमेर नपुगी विवाह गर्नहुँदैन भनेर सम्झाउन सफल भएका छन् । समावेशी किशोरी क्लबकी सदस्य हुन् लक्ष्मी थारु । उनको १६ वर्षकै उमेरमा परिवारले विवाह गरिदिने प्रयास गरेको थियो ।

“मैले रोई, कराई आफ्नो विवाह रोकें,” उनले भनिन्- जनेचतना जगाउँदै छु । बालविवाह रोक्दै छु । समावेशीकै सदस्य शर्मिला शाहको पनि ललाइफकाई बालविवाहका लागि आफन्तले गरेको प्रयास विफल भयो । शाहले आफ्नी आमालाई सम्झाइन् र मौकैमा उनको बाल विवाह रोकियो ।

राप्तीसोनारी–७ मा रहेको पालिका स्तरीय समावेशी किशोरी क्लबकी आशा बुढामगरले जनचेतनाले समाजमा बालविवाह गर्नुहुँदैन भन्ने सन्देश दिनसक्ने भएकाले आफूहरुले जनचेतनाका गतिविधिलाई प्राथमिकता दिने गरेको बताइन् । “बालविवाह गर्दा आर्थिक, सामाजिक, मानसिक र शारीरिक रुपमा पर्ने असरबारे किशोरी र अभिभावकलाई सम्झाउने गरेका छौं,” उनले भनिन् ।

यस्तै राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारु पूर्व शिक्षकसमेत हुन् । उनले आफ्नो वडामा रहेका विद्यालयमा बालविवाहविरुद्ध अभियान शुरु गरेका छन् । थारुले वडाका विद्यालयमा गएर कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि बालविवाहविरुद्धको ‘क्लास’नै सञ्चालन गर्ने गरेका छन् । विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्रम गर्दा त्यो सन्देश वडाभर प्रवाह हुने वडाध्यक्ष थारुको विश्वास छ ।

वडाध्यक्ष थारुले भने – “मधेसी, थारु समुदायमा अभिभावकले नै बालविवाह गरिदिने संस्कार रहेको छ । त्यसलाई चिर्न पनि विद्यालयका विद्यार्थीहरुमार्फत अभियान थालेको हुँ ।” प्रदेश ५ सामाजिक मन्त्रालयको एक कार्यक्रममा सहभागी भएपछि थारुले बालविवाहविरुद्ध विद्यालयमै गएर कक्षा लिने निर्णय लिएका हुन् । “वडा कार्यालयमै पालिकास्तरीय किशोरी क्लबको कार्यालय राखेको छु,” उनले भने ।