२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई करोडको अस्पताल भवन अलपत्र



अ+ अ-

भोजपुर । षडानन्द नगरपालिका– ७ गढीगाउँमा भारतीय सहयोगमा निर्माण भएको १५ श्ययाको दिङ्ला अस्पताल सञ्चालनमा नआउँदा जीर्ण बन्न थालेको छ । संरक्षण तथा सञ्चालनको सम्पूर्ण जिम्मा पाएको षडानन्द नगरपालिकाको उदासिनताका कारण उक्त अस्पताल अहिले भत्किन थालेको स्थानीयवासीले बताएका छन् ।

अस्पताल भवन रु दुई करोड ४५ लाख १७ हजार १५८ मा महादेव खिम्ती पोखरे कालिका निर्माण सेवा जेभी काठमाडौँले छ वर्ष लगाएर गत असारमा निर्माण गरेको थियो । संरक्षणको अभावमा अस्पताल भवनको पूर्वपट्टि राखिएको मूल ढोकाको पिल्लर र दक्षिण भागको बाहिरी पर्खाल भत्किएको छ । भारतीय दूतावासका प्रतिनिधि वेद प्रकाशको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले नगरप्रमुख वीरबल राईलाई २०७५ मङ्सिर २८ गते भवनको ताल्चा–साँचो जिम्मा लगाइसकेको नगरपालिकाका सूचना अधिकारी केशव गुरागाइले जानकारी दिनुभयो ।
नेपाल सरकारको नीतिअनुसार एक स्थानीय तहमा एक अस्पताल बनाउने लक्ष्यअनुरुप भारतीय सहयोगमा उक्त अस्पताल निर्माण भएकाले अब त्यसलाई चाँडै सञ्चालनमा ल्याइने नगरप्रमुख राईले बताउनुभयो ।