५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया



अ+ अ-

काठमाडौं । जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रियाको गरिएको छ ।

जिल्ला अस्पतालमा यही जेठ १९ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको शिविरमा आङ (पाठेघर) खस्ने समस्या भएका भोजपुर र सङ्खुवासभाका विपन्न महिलाहरू लाभान्वित भएका छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा सन्तोश देवले आङ खस्ने समस्या भएर पनि आर्थिक समस्याका कारण अन्यत्र गएर उपचार गर्न नसकेका महिला यसबाट लाभान्वित भएको बताउनुभयो ।

ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै महिला आर्थिक अवस्था कमजोर हुनुका साथै जनचेतानको अभावका कारण वर्षौँदेखि यो समस्या सहेर बस्न बाध्य हुने गरेकामा शिविरले ठूलो राहत मिलेको उहाँको भनाइ छ ।

“समयमै उपचार नपाउँदा महिलाको दैनिक जीवन, स्वास्थ्य र मानसिक अवस्थासमेत प्रभावित हुने गरेको छ । त्यसैले शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा शल्यक्रियापछि औषधि र स्वास्थ्य निगरानीसमेत निःशुल्क रूपमा उपलब्ध गराइएको छ”, डा देवले भन्नुभयो ।

शिविरमा करिब एक सय महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । बिरामीलाई खान बस्नको निःशुल्क व्यवस्था मिलाइएको थियो ।

अस्पतालमा हार्ड जोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूतिलगायत सेवा सञ्चालनमा छन् । यहाँ संखुवासभाका १० स्थानीय तहका मात्रै नभई छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भेगका नागरिकसमेत उपचारका लागि आउने गरेका छन् ।