८ असार २०८३, सोमबार
,
Latest
पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीका घ’टनामा बालबालिका



अ+ अ-

सुर्खेत । सुर्खेतमा पछिल्लो समय चोरीका घ टनामा बालबालिकाको संलग्नता बढदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयकानुसार पछिल्लो डेढमहिनाको अवधिमा ३० भन्दा बढी चोरीका घ टनामा अ धिकांश बालबालिकाको संलग्नता भएको पाइएको हो ।

प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साढे तीन महिनामै चोरीका १५ घ टना दर्ता भएकामा २० भन्दा बढी बालबालिका बारम्बार चोरीमा संलग्न भएको देखिएको छ । प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रवि रावलले बालबालिका चोरीका घ टनामा संलग्न हुने क्रम बढेको बताउनुभयो ।

“उमेर नपुगेका २०/२२ बालक चोरीमा संलग्न भएको पाइएको छ,” उहाँले भन्नुभयो, “पक्राउ गर्यो, बालबालिका भएकै कारण अदालतले छाडिदिन्छ, अनि पुनःचोरी शुरु गर्छन् ।” बालबालिकाले ठूला पसलभन्दा स–साना पसल तथा घुम्ती पसल फोडेर चोरी गर्ने गरेका थिए ।

बारम्बार चोरीमा संलग्न बालबालिकाको आचरण सुधारसँगै पुनःस्थापनामा स्थानीय तह र नागरिक समाजले सक्रियता बढाउनुपर्नेमा जोड दिँदै प्रवक्ता रावलले बालबालिका भएकै कारण उन्मुक्ति पाउने अवस्था छ तर ख राब आचरणका त्यस्ता बालबालिकाकालाई सुधार गर्नाको विकल्प छैन् भन्नुभयो ।