७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

महरालाई अदालतमा लगियो, अभियोगपत्र दर्ता हुँदै



अ+ अ-

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतमा उपस्थित गराइएको छ। अयोगपत्र दर्ता गर्न प्रहरीले बिहीबार महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको हो।

अहिले अभियोगपत्र रुजु गरेर दर्ता प्रक्रिया चलिरहेको छ। महरावि’रुद्ध अ’भियोगपत्र रुजु गरेर दर्ता भएपछि थुनछेक बहस हुनेछ। थुनछेक बहसपछि महरा ध’रौटीमा छुट्ने वा थुनामा जाने भन्ने टुंगो लाग्नेछ।

संसद् सचिवालयकी एक कर्मचारीमाथि यौ’न दु’र्व्यवहारको आ’रोप लागेका महरा असोज १९ गते प क्राउ परेका हुन्। असोज २८ गते जिल्ला अदालत काठमाडौंले महरालाई पहिलो पटक थुनामा राख्न म्याद दिएको थियो। त्यस्तै प्रहरीको अनुसन्धान नसकिएपछि कार्तिक ३ गते फेरि पाँच दिनको लागि म्याद थपिएको थियो।

प्रहरीले अनुसन्धान सकिएपछि आइतबार प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो। प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गर्न अदालतमा लगेको हो।