७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

“जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ”



अ+ अ-

चौतारा । उपराष्ट्रपति नन्दबहादुर पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औँल्याउदै शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।

सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उहाँले आझै पनि कैयौँ बालबालिकाहरु शिक्षाको पहुँचबाट बाहिर रहेको बताउनुभयो ।

सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले निजी विद्यालयलाई क्रमशः नियमन गर्नुपर्ने बताउनुभयो । हुने खानेको लागि निजी र हँुदा खानेको लागि मात्र सामुदायिक विद्यालय भएको चर्चा गर्दै उहाँले शिक्षामा ठूलो खाडल रहेको उल्लेख गर्नुभयो ।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङको सभापतित्वमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सांसद अग्निप्रसाद सापकोटाले स्थानीय सरकारमा विकृति र विसङ्गति रहे पनि समग्रमा राम्रो रहेको चर्चा गर्नुभयो ।

विसं २०७२ को भूकम्पले क्षेतिग्रस्त उक्त विद्यालय नेपाल हिल्फे वाइलग्रीस जर्मनीको आर्थिक तथा ग्रामीण सुधार सेवा समिति सिन्धुपाल्चोक सुकुटेको संयोजनमा रु सात करोड १८ लाखमा पुनःनिर्माण गरिएको हो ।

कूल ३३ कोठा रहेको भवनमा १२ सौचालयसहित कम्पाउण्ड, फर्निचर समेतको सुविधा सम्पन्न भवन रहेको ग्रामीण सुधार सेवा समितिका अध्यक्ष कृष्ण सापकोटाले जानकारी दिनुभयो । संस्थाले जिल्लामा दर्जन बढी विद्यालय भवनको पुनःनिर्माण तथा प्रवलिकरण गरिएको छ ।