२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका



अ+ अ-

म्याग्दी।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको पहिलो जिल्ला अधिवेशनबाट युवराज रोकाको सभापतित्वमा कार्यसमिति चयन गरिएको छ ।

आज यहाँ भएको अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएको कार्यसमिति उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा हीराबहादुर बोगटी (सुरत) रहनुभएको छ ।

यस्तै, सागरकुमार शर्मा पौडेल, गुनमाया पुर्जा, युवराज सुवेदी, सरोज सुवेदी र पूर्णबहादुर खत्री सदस्यमा चयन हुनुभएको नवनिर्वाचित सचिव शर्माले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन गर्दै रास्वपा गण्डकी प्रदेश सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य राजन गौतमले सुशासन र सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन वर्तमान सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

“विकास र सुशासनका लागि बाधक विद्यमान ऐन, कानुनहरू संशोधनका लागि सरकारले गृहकार्य गरिरहेको छ । सुशासनयुक्त देश निर्माण भएपछि जनताको बाँकी अपेक्षा पनि पूरा हुनेछन् भन्ने हाम्रो विश्वास छ छ”, उहाँले भन्नुभयो । रासस