६ श्रावण २०८३, बुधबार
,
Latest
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ



अ+ अ-

कैलाली। सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज धनगढीमा आयोजित ‘स्थानीय सरकार— अनुभव र उपलब्धि’ विषयक कार्यक्रम उद्घाटन गर्दै उहाँले सुदूरपश्चिम थुप्रै सम्भावना भएको क्षेत्र भएकाले अब मिलेर सुन्दर बनाउनुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख मियाँले भन्नुभयो,“यो प्रदेश जलस्रोत, वन जङ्गल र सुन्दरताका हिसाबले देशभरमै अग्रस्थानमा छ । सबै मिलेर काम गरेमा सिङ्गो देशले नै यहाँबाट लाभ लिनसक्छ ।त्यसैले प्रदेश र स्थानीय सरकारकाले अरु सबैलाई साथमा लिएर काम गर्नुपर्छ ।”

उहाँले संविधानले नै तीन तहका सरकारले गर्ने काम प्रष्ट रूपमा छुट्याएको उल्लेख गर्दै सोहीअनुसार आफ्नो जिम्मेवारीमा रहेका काम गर्नुपर्नेमा जोड दिनुभयो ।

“स्थानीय, प्रदेश र सङ्घीय सरकारले गर्ने कामबारे प्रष्ट व्यवस्था छ । त्यसको मर्मलाई आत्त्मसात गर्दै जिम्मेवारी पूरा गरेमा सङ्घीयतालाई सफल पार्न सकिन्छ । त्यसैले विकासका लागि हातेमालो गरौँ”, प्रदेश प्रमुख मियाँले भन्नुभयो ।

‘असल अभ्यास, आशाको सञ्चार’ नाराका साथ आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिमका ३० वटा स्थानीय तहका असल अभ्यासबारे जानकारी प्रस्तुत गरिएको थियो । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, प्रदेशका स्थानीय तह र युनिसेफको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । रासस




भर्खरै