६ श्रावण २०८३, बुधबार
,
Latest
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की



अ+ अ-

काठमाडाैँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अबको समय साहित्य क्षेत्रमै व्यतित गर्ने बताउनुभएको छ । ललितपुरमा आयोजित ‘काठमाडौं कलिङ्ग साहित्य महोत्सव’मा सम्बोधन गर्दै कार्कीले यस्तो आग्रह गर्नुभएको हो ।

आफूलाई केवल पूर्वप्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्रीका रूपमा मात्र नभई एक साहित्य अनुरागीका रूपमा बुझिदिन आग्रह गर्नुभयो । उहाँले न्यायपालिका र कार्यपालिकामा आफूले निर्वाह गरेको भूमिका बाध्यता र कर्तव्यको उपज भएको बताउँदै साहित्य भने आफ्नो अन्तर्मनको रुचि भएको स्पष्ट पार्नुभयो ।

आफ्नो साहित्यिक यात्राको स्मरण गर्दै कार्कीले सन् १९९० को जनआन्दोलनका क्रममा जेल पर्दाको अनुभव सुनाउनु भयो । दुई महिनाको जेल जीवनमा त्यहाँका महिला बन्दीहरूको पीडा र भोगाइलाई नजिकबाट नियालेपछि आफूले ‘कारा’ नामक उपन्यास लेखेको उहाँले जानकारी दिनुभयो । उक्त उपन्यास उहाँले सेवा निवृत्त भएपछि मात्र प्रकाशनमा ल्याउनुभएको थियो ।

आफूसँग अझै धेरै कथा र उपन्यासका अवधारणा र आधा लेखिएका पाण्डुलिपिहरू रहेको जानकारी दिँदै उहाँले ती कृतिहरू ल्याउने आफ्नो योजना रहेको बताउनु भयो । कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त कवि तथा लेखकहरूको बाक्लो उपस्थिति रहेको थियो।