७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवेगात्मक साक्षरतालाई दैनिक जीवनमा उतारिने



अ+ अ-

काठमाडौँ । असल जीवन र सफल व्यावसायिक यात्राका लागि सं वेगात्मक शिक्षा र आचरणलाई दैनिक जीवनमा उतार्न ‘संवेगात्मक साक्षरतामार्फत विश्व शान्ति’ विषयक नवौँ अन्तर्राष्ट्रिय सम्मेलनले गरेको निचोडलाई कार्यान्वयनमा ल्याइने भएको छ ।

क्रोधरहित संसार संस्था, ग्लोबल पिस फाउन्डेशन नेपाल र समृद्धि कलेजको आयोजनामा सम्पन्न नवौँ सम्मेलनले असल जीवन र सफल व्यावसायिक यात्राका लागि विश्वमा एकापसका अनुभव आदानप्रदान गर्नेलगायत निष्कर्ष निकालेको थियो ।

इक्यु फर पिस वल्र्डवाइड इङ्क, अमेरिका र राष्ट्रिय मनोवैज्ञानिक विज्ञान एसोसिएशन, भारतको सहयोगमा सञ्चालित दुईदिने सम्मेलनले पारित गरेका निष्कर्षहरूलाई आफूहरूले विभिन्न तालीम र कार्यशालाबाट विद्यालय तहमा कार्यान्वयन गर्ने क्रोधरहित संस्थाका अध्यक्ष देशमर्दन बस्नेतले जानकारी दिनुभयो । खुल्ला विश्वविद्यालयका उपकुलपति डा लेखनाथ शर्माले उद्घाटन गरेको सम्मेलनमा नेपालसहित विभिन्न मुलुकका विज्ञहरूले संवेगात्मक शिक्षा, विश्व शान्ति र मनोविज्ञानबारे कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलन गत अक्टोबार २५ र २६ गते काठमाडौँमा आयोजना भएको थियो ।