७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकाएक फेरी झस्किए नेपाली, भूकम्पको धक्का महसुस



अ+ अ-

म्याग्दी । म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

एकाबिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए । म्याग्दीको सिवाङ, अर्मन, बाबियाचौर, वरञ्जा लगायतका ठाउँमा एकाबिहानै गएको भूकम्पले स्थानीयवासी त्रसित बनेका अर्मनका उमेश सापकोटाले जानकारी दिनुभयो ।

त्यसैगरी बागलुङलगायत छिमेकी जिल्ला गुल्मी, प्युठान, रुकुम र रोल्पामा समेत भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भइसकेको छैन ।