८ असार २०८३, सोमबार
,
Latest
पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई ज्यान जोगाउनै मुस्किल, चौकी नै सदरमुकाम सारे



अ+ अ-

डोल्पा । चिसोका कारण ज्यान जोगाउन मुस्किल भएपछि उपल्लो डोल्पाका छ प्रहरी चौकी सदरमुकामस्थित दुनैमा सारिएको छ । माथिल्लो डोल्पाका स्थानीय तहहरु शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङ र डोल्पो बुद्ध गाउँपालिकाको केन्द्र धोमा रहेका अस्थायी प्रहरी चौकी सदरमुकाम दुनै झारेपछि आफूहरूले अ सुरक्षित महसुस गरेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसितुण्डुप गुरुङले बताउनुभयो ।

वर्षेनी यार्सागुम्बाको याममा (वैशाख–जेठ) तिर माथि जाने र असोजको अन्तिमतिर सदरमुकाम दुनै झार्ने गरी शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ, निजाल गुम्बा, राप, भिजेर र डोल्पो बुद्ध गाउँपालिकाको धो र ताक्सीमा रहेका अस्थायी प्रहरी चौकीहरु सदरमुकाम दुनै झारिसकिएको प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो ।

माथिल्लो डोल्पाको कठ्याङ्ग्रिने चिसो धान्ने बास, बर्दी, सवारी साधन, उपचार सेवा, बिरामी पर्दा छिटो उद्धारको व्यवस्था, चुस्त सञ्चार सुविधा, उच्च हिमाली क्षेत्रमा बस्नका लागि प्रोत्साहन हुने प्रकारको तलब, राशन, दुर्गमभत्तालगायत विभिन्न सेवा–सुविधा नभएकाले त्यहाँ हिउँदको समयमा प्रहरी अधिकृत र जवानहरुलाई ज्या’नकै जो खिम मोलेर चौकी राख्न निकै समस्या भएको छ ।

डोल्पामा २० स्थायी र सात अस्थायी गरी २७ प्रहरी युनिट भएकामा माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाका चार र डोल्पोबुद्ध गाउँपालिकाका दुई गरी छ प्रहरी चौकीहरु चिसो हावापानी र विविध सेवाका समस्याले टिक्न गाह्रो हुने भएकाले दुनै झारिसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माथिल्लो डोल्पाकै छार्का ताङसोङ गाउँपालिकाको कागकोट केही हदसम्म तातो हुने भएकाले त्यहाँ रहेको अस्थायी प्रहरी चौकी यो वर्षबाट हिउँदमा पनि त्यही राख्ने निर्णय गरिएकाले यो वर्षदेखि हिउँदको समयमा पनि उक्त प्रहरी चौकी कागकोटमै रहने भएको प्रमुख रञ्जितकारले जानकारी दिनुभयो ।

तल्लो डोल्पाका धेरै गाउँबस्तीलाई धान्ने गरी प्रहरी युनिटहरु राखिएका छन् । यहाँ प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न सहज छ । नेपालकै ठूलो जिल्ला र विकट भूगोल ओगटेको माथिल्लो डोल्पामा निकै कम प्रहरी युनिट भएपनि चिसो हावापानी र मौसमलाई धान्ने आवश्यक पूर्वाधारको प्रबन्ध नहुँदा वर्षा याममा माथिल्लो डोल्पा पठाउने र हिउँदमा सदरमुकाम झार्ने गरिएको जिल्ला प्रहरी कार्यालयले जनयो ।

विभिन्न अज्ञात समूहको गतिविधि बढिरहेको बेला माथिल्लो डोल्पा पूरै सुरक्षा निकायविहीन भएको छ । यही समयको मौका छोपेर यसअघिका वर्षहरुमा पनि विभिन्न ड कैती, लु टपाट, कु टपिट, चोरीजस्ता अ पराधका घ टना भएका थिए । त्यहाँ स्थापित गाउँपालिका, वडापालिकालगायत सरकारी कार्यालयहरु र हालै स्थापित बैंकहरुलाई सुरक्षाको चिन्ता बढेको स्थानीयवासीले बताए ।

त्यहाँ बस्न हावापानी धान्ने प्रकारको गाँस, बास, कपास, सञ्चार, सवारी साधन, उपचारलगायत सेवा सुविधाको उचित प्रबन्ध गरी माथिल्लो डोल्पामा स्थापित गर्न सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय, बैंक र स्थानीयवासीको जीउधनको सुरक्षाका लागि पनि नेपाल सरकारले तत्कालै स्थायीरूपमा १२ महिना बस्ने गरी प्रहरी चौकीको व्यवस्था गराउन स्थानीयवासीले आग्रह गरे ।