६ श्रावण २०८३, बुधबार
,
Latest
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ



अ+ अ-

मोरङ । कोशी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको सचिवमा प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव आसमान तामाङलाई कामकाजमा खटाउने निर्णय गरेको छ ।

प्रदेश सरकारको आजको बैठकले प्रदेश सचिव पदमा सहसचिव कृष्णप्रसाद सापकोटालाई पदस्थापन गरी कामकाजमा खटाउने समेत निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो ।

बैठकले महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन २०८३ कोशी प्रदेशसभामा पेस गर्न स्वीकृत प्रदान गरेको छ भने कोशी प्रदेश भू–उपयोग परिषद्को विशेषज्ञ सदस्य पदमा मनोनयन गर्ने निर्णय गरिएको छ ।

साथै बहुवर्षीय योजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड २०८३ लाई स्वीकृतिका लागि आवश्यक छलफल गर्न सम्बन्धित समितिमा पठाउने निर्णय गरिएको जनाइएको छ ।  रासस




भर्खरै