२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदी किनारहरु सिङ्गारिदै



अ+ अ-

झापा । झापाका नदी किनारहरु आज बिहानैदेखि सिङ्र्गान थालिएको छ । तराइवासीको मुख्य चाड छठपर्वलाई भव्यताका साथ मनाउन मारवाडी, बङ्गाली, राजवंशी र केही पहाडीमूलका मानिसले नदी किनारमा पूजाका घाट तयार गर्दै सिङ्गारेका हुन् ।

विशेषगरी कनकाई, मेची, रतुवा, निन्दा, अन्धुवाखोलालगायतका दर्जन बढी नदीका किनारमा पूजाको घाट तयार गरिएको छ । यस वर्ष कात्तिक १६ गते शनिबार बेलुका अस्ताउँदो सूर्य र १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै भव्यरूपमा छठपर्व मनाइने भएको छ ।

भद्रपुरस्थित मेची नदीमा छठपर्व भव्य र व्यवस्थित तरिकाले मनाउनका लागि समिति नै गठन गरिएको छ । भारतको पश्चिम बङ्गाल तथा बिहार गरी दुई राज्यसँग जोडिएको मेची नदीमा मनाइने छठले जिल्लाका अन्यत्रभन्दा भिन्नै रौनक दिने गरेको छ ।

भद्रपुर नगरपालिका कार्यालयको सहयोगमा मैथिली समाज र युनिक समूहले मेची नदीमा पूजास्थल (घाट) देखि बिजुलीबत्ती जडान, स्वागत गेट, हेल्पडेस्क, अस्थायी बाँसे पुल निर्माण, सरसफाइ, सडक, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, सूर्य भगवान्को मुक्तिस्थल निर्माणलगायत काम गरिरहेका छन् । मेची नदीमा मात्र नेपाल र भारतका गरी ५० हजारभन्दा बढी भक्तजनहरू आउने लक्ष्य राखिएको भद्रपुरको मैथिली समाज समितिका अध्यक्ष रमेशचन्द्र झाले बताउनुभयो ।