१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महरा अदालतमा : लागेको आरोप अस्वीकार



अ+ अ-

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले काठमाडौ जिल्ला अदालतमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । शुक्रबार महराले बयानमा आफू पीडित भनिएकी युवतीको घरमा नै नगएको जिकिर गरेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले गरेको निरन्तर बयानका क्रममा महराले आफू त्यही बाटो भएर गए पनि पीडितको घरमा भने नपसेको बताएका एक अधिवक्ताले बताएका छन् ।

महराको बयान जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भइरहेको छ । बयान सकिएपछि शुक्रबारदेखि नै थुनछेक बहस सुरु हुनेछ । संघीय संसद्मा कार्यरत एक महिलालाई ब लात्कार गर्न खोजेको अ भियोगमा उनीविरुद्ध मु द्दा दर्ता गरेको हो ।