२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्तीपारि १५ श्ययाको अस्पताल बन्दै



अ+ अ-

बाँके । बाँकेको राप्तीपारि पर्ने नरैनापुर गाउँपालिकाको लक्ष्मणपुरमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल रुपान्तरण गर्ने योजना स्वीकृत भइसकेकाले अब थप भौतिक पूर्वाधार निर्माणका साथै दक्ष र पर्याप्त जनशक्ति व्यवस्थापनमा प्रदेश तथा केन्द्रीय सरकारलाई अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिनुभयो ।

उहाँले १५ श्ययाको अस्पताल बनेपछि नरैनापुरवासी उपचारका लागि नेपालगञ्ज र भारतीय शहरमा पुग्नुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । हाल लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबीबीएस चिकित्सकसहित १३ जनाको दरबन्दी रहेको छ ।

अध्यक्ष शाहले नरैनापुरको विकासका लागि आफू लागिपरेको बताउँदै पिछडिएको क्षेत्रको विकासका लागि सङ्घीय सरकारले कम बजेट दिएको गुनासो गर्दै यथेष्ट बजेट उपलब्ध गराउन आग्रह गरिएको बताउनुभयो ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले नरैनापुर गाउँपालिकामा अस्पताल निर्माण हुनु बघौडावासीका लागि खुशीको क्षण भएको बताउँदै यो कार्यलाई पूर्णता दिन आफूले प्रयत्न गरिरहेको बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रलाई भौतिक पूर्वाधार अभाव हुन नदिन सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको छ । रु तीन करोड १९ लाखको लागतमा बनेको भवन स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

भवन निर्माणका लागि विसं २०६८ भदौ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि आठ वर्षपछि मात्र भवन निर्माण सम्पन्न भएको सङ्घीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका प्रमुख सुवास बस्नेतले बताउनुभयो ।