८ असार २०८३, सोमबार
,
Latest
इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनको कर्णालीमा सरगर्मी



अ+ अ-

सुर्खेत । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कर्णालीका दुई जिल्लामा तयारी तीव्र पारिएको छ । हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष तथा पहाडी जिल्ला सल्यानको कुमाख गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचन हुन लागेको हो ।

उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु, निर्वाचन कार्यालय र सुरक्षा निकायहरु निर्वाचन लक्षित रणनीति बनाउन व्यस्त छन् । निर्वाचन आयोगले उपनिर्वाचनका लागि यही कात्तिक २१ गते उम्मेदवार मनोनयनको मिति तोकेको छ । दुवै जिल्लामा प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्गे्रसले आइतबारसम्म उम्मेदवारको टुङ्गो लगाउने गरी गृहकार्य गरिरहेको छ ।

हुम्ला काङ्गे्रस सभापति जयपति रोकायाले वडा कार्यसमितिलाई आकाङ्क्षीको नामावली पठाउन अनुरोध गरिएको बताउनुभयो । काङ्गे्रसले उम्मेदवार छनोटका लागि स्थानीयस्तरमा मोहन सिंह र कैलाश भण्डारी नेतृत्वमा दुई टोली परिचालन गरेको छ । “वडा, गाउँपालिका हुँदै जिल्ला कार्यसमितिमा उम्मेदवारको नामावली पठाउन आग्रह गरेका छौँ”, सभापति रोकायाले भन्नुभयो, “सम्भवतः आइतबार बस्ने जिल्ला कार्यसमिति बैठकबाट उपाध्यक्षको टुङ्गो लगाउँछौँ ।” नेकपाले पनि आकाङ्क्षीको नाम सिफारिश गर्न स्थानीय कमिटीलाई अनुरोध गरेको छ ।

खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको यही असार ३ गते जिप दुर्घटनामा परी निधन भएको थियो । उहाँ नेपाली काङ्गे्रसबाट निर्वाचित हुुनुहुन्थ्यो । यहाँका पाँच वडामा गरी तीन हजार २८७ मतदाता छन् । खार्पुनाथमा सत्तारुढ नेकपा र काङ्गे्रसबीच नै मुख्य प्रतिष्पर्धा हुने बताइएको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले खार्पुनाथ र आसपासको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आवश्यक सुरक्षा रणनीति बनाइने बताउनुभयो । “यहाँका पाँचवटै मतदात केन्द्रमा सुरक्षा मजबुत बनाउन जिल्ला सुरक्षा समितिले आवश्यक गृहकार्य गरिरहेको छ, थप प्रहरी जनशक्ति पनि मागेका छौँ, शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गछौँ”, प्रजिअ भट्टराईले भन्नुभयो ।

सल्यानमा पनि उपनिर्वाचनको माहोल शुरु भएको छ । कुमाख गाउँपालिका–५का वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा चयन भएसँगै त्यहाँ उक्त पद रिक्त छ । बुढाथोकी तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो । सल्यान नेकपाका अध्यक्ष गोविन्द पुनले आइतबार बस्ने जिल्ला पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाउने बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका कमिटीले पठाउने तीन जना आकाङ्क्षीमध्ये सम्भवतः आइतबार एक जनाको टुङ्गो लगाउँछौँ ।” जिल्ला प्रशासन कार्यालय सल्यान पनि उपनिर्वाचनलाई शान्तिपूर्ण रुपले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको तयारीमा जुटिसकेको छ । यी दुवै जिल्लामा सुरक्षा निकायले यहाँ पनि प्रतिबन्धित विप्लव समूहलाई मध्यनजर गरी सुरक्षा रणनीति बनाइरहेका छन् ।