६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती मन्त्रीपरिषद् बैठकः अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत



अ+ अ-

मकवानपुर। बागमती प्रदेश सरकारले अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले सो नीति स्वीकृत गरेको हो । उक्त बैठकले प्रदेशको विभिन्न जिल्लामा ‘र्‍यापटिङ’ स्कुल सञ्चालन गर्न सैद्धान्तिक स्वीकृत दिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्अन्तर्गत रहेका निजामती कर्मचारीतर्फको स्वास्थ्य क्षेत्रका दुई उपसचिवहरू सागरप्रसाद घिमिरे र शतिस विष्टलाई बढुवा गर्ने निर्णय गरिएको प्रवक्ता मन्त्री तामाङले जानकारी दिनुभयो ।

आव २०८३/८४ को दोस्रो सातादेखि विभिन्न मन्त्रालय अन्तर्गतका कुल २०१ वटा कार्यालयलाई एकीकृत गरेर १९१ वटा कार्यालमा सीमित गर्ने निर्णय गरेको प्रवक्ता तामाङले राससलाई जानकारी दिनुभयो । रासस