७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईलाममा छ करोडको योजना, नेम्वाङले गरे यसरी बाँडफाँड



अ+ अ-

इलाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्नो क्षेत्रमा संसद् कोषको रकमबाट योजना छनोट गर्नुभएको छ । इलाम क्षेत्र नं– १ का सांसद नेम्बाङको स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रम अन्तर्गतको बजेट बाँडफाँड गरिएको हो ।

सांसद विकास कोष अन्तर्गतको रु छ करोडबाट इलाम नगरपालिकामा रु एक करोड ५० लाख बराबरका तीन योजनामा रकम विनियोजन गरिएको छ । सेतीदेवी मार्ग फटुक सडक स्तरोन्नति गर्न वडा नं–६ का लागि रु ७० लाख, भगवती मावि सडक कालोपत्र रु ५० लाख, चुम्लुङहीम सामुदायिक भवन निर्माणका लागि रु ३० लाख विनियोजन गरिएको छ ।

यसैगरी देउमाई नगरपालिकामा रु एक करोड २५ लाख बराबरका छ योजनामा बजेट विनियोजन गरिएको छ । वडा नं ८ को सामुदायिक भवनलाई रु ५० लाख, ठूलो चौरी रानाचोक फुटुक ओजेले सडकमा रु ३० लाख, बाघखोर चमैता फलाँटे सडकमा रु २५ लाख, पालसेङ डुप्लिलिङ गुम्बा निर्माणमा रु २० लाख र सिद्धिथुम्का नाम्थला फूलबारी हाङवाङ सडकमा रु १० लाख विनियोजन गरिएको छ ।

माई नगरपालिकाको लालखोलादेखि मोटरबाटो स्तरोन्नतिका लागि रु ४५ लाख विनियोजन गरिएको छ । यसरी नै चुलाचुली गाउँपालिकामा रु ९० लाख बराबरका पाँच योजना छनोट गरिएका छन् । आसेटार फुङनाम दशमी सडक स्तरोन्नतिमा रु ५० लाख, रतुवा झोलुङ्गे पुलदेखि रङ्गशालासम्म ग्राभेल गर्नका लागि रु १० लाख, देउराली चपेटे कृषि मार्ग स्तरोन्नति रु १० लाख, चाँजो खोला एकलव्य चोकहुँदै मङ्गलसिद्धिसम्म ग्राभेल गर्नका लागि रु १० लाख विनियोजन गरिएको छ ।

फाकफोकथुमका पाँच योजनाका लागि रु एक करोड विनियोजन गरिएको छ । सोमा पाथीभर रङ्गशाला निर्माणका लागि रु ५० लाख, लुम्दे जालपा कैदले थावाखोला सिंहदेवी फूएतप्पा सडक स्तरोन्नतिका लागि रु १५ लाख, ज्योति आधारभूत विद्यालय खेलमैदानका लागि रु १५ लाख, दोकानडाँडा सिकलाप्पा कोलबोटे सल्लेरी सडकका लागि रु १० लाख र धाम सिमसार पर्यटन प्रवद्र्धन तथा संरक्षण कार्यक्रमका लागि रु १० लाख विनियोजन गरिएको छ । यस्तै माङसेबुङ गाउँपालिकाका पाँच योजनामा रु ९० लाख विनियोजन गरिएको छ ।