२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बहुदलीय प्रतिस्पर्धाबाट समाजवाद हुँदै साम्यवादमा पुग्न सकिन्छ’



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीबाट नै मुलुकमा समाजवाद स्थापना गर्ने बताउनुभएको छ ।

मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको दशैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बहुदलीय प्रतिस्पर्धाबाट समाजवाद हुँदै साम्यवादमा पुग्ने बताउनुभयो ।

उहाँले अहिले मुलुकमा समाजवाद निर्माण गर्ने उपयुक्त विचार के हुन सक्दछ भनेर छलफल भइरहेको बताउँदै अन्य दार्शनिकका विचारले नभई हाम्रै देशमा नै बनाइएको विचारले मुलुकलाई निकास दिने उल्लेख गर्नुभयो ।

“हामीले हाम्रै मुलुकमा विकास भएको विचारधारालाई टेकेर समाजवाद स्थापना गर्ने हो”, उहाँले भन्नुभयो, यी विचारले हाम्रो देशलाई ठोस निकास दिँदैनन् ।” पार्टी एकीकरण गर्दा भएका सहमतिअनुसार नै पार्टीको विचारलाई अवलम्बन गरिने उहाँको भनाइ छ ।

नेता गौतमले आगामी एकता महाधिवेशनसम्म पार्टीको विचार कुन हुने भन्नेबारेमा निष्कर्ष निकाल्ने भन्दै जनताको बहुदलीय जनवाद (जबज) लाई अगाडि सार्ने हो भने सुनभन्दा नि पक्का सुन हुने बताउनुभयो ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले एकतापछि पनि मदन भण्डारीको विचारलाई पार्टीले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।