याेकाेहाेमाः जापानकाे याेकाेहाेमामा शनिबार साँझ सम्पन्न रग्बी विश्वकप २०१९ खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाइ ३२ – १२ ले पराजित गरेकाे छ । अफ्रिकाकाे याे समेत तेस्राे पटक विश्वकप जितेकाे छ । यसअघि अफ्रिकाले सन् १९९५ र २००७ मा विश्वकप जितेकाे थियाे ।
फाइनल खेलमा इङ्ल्यान्डले खासै प्रभावशाली खेल देखाउन सकेकाे थिएन । न्यूजील्यान्डकाे निकै शक्तिशाली टिमलाइ पराजित गरेकाे इङ्ल्यान्डलाइ अफ्रिकाले हरेक पक्षमा चुनाैती दिएकाे थियाे ।
जितपछि प्रतिकृया दिँदै दक्षिण अफ्रिकी कप्तान सिया काेलिसीले देशभित्र निकै ठूला समस्या भए पनि रग्बी खेलमा सबै खेलाडीले देशका लागि एकताबद्ध भएर खेलेकाे बताए । उनले एकताबद्ध हुन सके जस्तासुकै चुनाैती पार गर्न सकिने बताए ।