६ श्रावण २०८३, बुधबार
,
Latest
जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड



अ+ अ-

काठमाडौँ। नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ ।

राष्ट्रसङ्घीय मुख्यालयमा आज आयोजित ‘बहुपक्षीयताको भविष्यः सन् २०३० पछिका लागि राष्ट्रसङ्घीय विकास प्रणाली निर्माण’ छलफलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् २०३० पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न राष्ट्रसङ्घीय विकास प्रणालीलाइ सक्षम बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकास प्रणालीलाई केवल बाँकी रहेका दिगो विकास लक्ष्य (एसडिजी) कार्यान्वयनका लागि मात्र नभई भविष्यका चुनौती र अवसरलाई समेत समेट्ने गरी सुदृढ गर्नुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रसङ्घीय विकास प्रणालीलाई संस्थागत संरचनाले मात्र होइन, साझेदारी र ऐक्यबद्धतामार्फत अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । नागरिक समाज, युवा, शैक्षिक क्षेत्र, स्थानीय सरकार, निजी क्षेत्र तथा अन्य सरोकार भएकाहरूको सक्रिय सहभागिता बिना भविष्यमा प्रभावकारी र सान्दर्भिक विकास प्रणाली निर्माण गर्न नसकिने उहाँको भनाइ थियो ।

स्थायी प्रतिनिधि थापाले आज गरिने निर्णयहरूले आगामी पुस्ताका लागि प्रभावकारी र परिणाममुखी बहुपक्षीय प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै अन्तरराष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । रासस