७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणहिटीको ‘लमजुङ कक्ष’ भाडामा लगाईदै



अ+ अ-

काठमाडौं । ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई संरचना परिवर्तन गर्ने तयारी भएको छ । देशभरका ऐतिहासिक र पुरात्त्विक संग्रहालयलाई संरक्षण गर्न जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्त्व विभागमा दशकौं लामो इतिहास बोकेको नारायणहीटी र त्यसमा खोलिएको संग्रहालयलाई भाडामा दिने तयारी भएपछि कर्मचारीहरुले यसमा आपत्ति जनाउन थालेका छन् ।

गएको असोज ३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई , मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र पुरातत्त्व विभागका कामु महानिर्देशक दामोदर गौतमसहितको टोलीले संग्रालय अवलोकन गर्दै संग्रहालयको लमजुङ कक्षमा रहेको डाइनिङ हल भाडामा दिने गरी छलफल गर्न निर्देशन दिएका थिए ।