३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

शिर काटेर टेबलमा राख्दा पार्टीमा एकता हुँदैन : अध्यक्ष ओली

शिर काटेर टेबलमा राख्दा पार्टीमा एकता हुँदैन : अध्यक्ष ओली
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  पार्टीभित्र ‘शिर काटेर टेबलमा राखे पार्टी सुध्रिन्छ’ भन्ने मानसिकता पार्टी हितमा नरहेको बताएका छन्। उनले वर्तमान परिस्थितिमा पार्टीभित्र मजबुत एकता आवश्यक रहेकोमा जोड दिएका छन्।

पार्टीको संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण, विस्तार तथा उत्प्रेरणा’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही नेताहरूले पार्टी सुधारका नाममा विभाजनकारी अभिव्यक्ति दिने गरेको बताए।

“शिर काटेर टेबलमा राखिदिने हो भने जीउ मात्रै भएर पार्टी एकता हुँदैन, यस्तो मानसिकता पार्टी हितमा छैन,” उनले भने।

अध्यक्ष ओलीले विपक्षीबाट पार्टीमाथि निरन्तर हमला भइरहेका बेला पार्टीभित्रकै केही नेता तथा केही सञ्चारमाध्यमले समेत पार्टीविरुद्ध नकारात्मक वातावरण सिर्जना गरेको आरोप लगाए।

“कोही एता फर्केर बोल्ने, कोही उता फर्केर बोल्ने, पार्टीविरुद्ध भ्रम फैलाउने प्रवृत्ति देखिएको छ,” उनले भने, “समीक्षा गर्नुपर्छ भन्ने तर समीक्षा नै नहुँदै कोही हस्ताक्षर गर्न कुद्ने, कोही अनेक भ्रम फैलाउँदै हिँड्ने प्रवृत्तिले पार्टी एकताबद्ध हुन सक्दैन।”

उनले एमाले ३६ वर्षदेखि जनताको बहुदलीय जनवादको सिद्धान्तमा एकताबद्ध रहँदै आएको उल्लेख गर्दै सबै नेता–कार्यकर्ताले सोही आधारमा अघि बढ्नुपर्ने बताए।

दुई दिने उक्त कार्यक्रम आजदेखि सुरु भएको हो र भोलिसम्म सञ्चालन हुनेछ। कार्यक्रममा अध्यक्ष ओलीले पार्टी संगठन, एकता र कार्यकर्ता परिचालनका विषयमा धारणा राखिरहेका छन्।