• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन ★   नेविसंघका केन्द्रीय सदस्य र जिल्ला सभापतिले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण ★   काँग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्ने विषयलाई अन्य विषयसँग सौदावाजी गर्न मिल्दैन: कानूनमन्त्री गिरी ★   मुलुकको अर्थतन्त्र सुधारोन्मुख,अधिकांश सूचक सकारात्मक

‘स्मार्ट स्कूल’ बन्यो आदर्श मावि,के-के छन् सुविधाहरु



इलाम । प्रदेश नं १ सरकारले इलाम सदरमुकाममा रहेको आदर्श माध्यमिक विद्यालयलाई ‘स्मार्ट स्कूल’का रुपमा विकास गरेको छ । सूचना प्रविधिको प्रयोग गर्दै डिजिटल माध्यमबाट शिक्षा प्रदान गर्ने उद्देश्यले राणाशासनकालमै स्थापित सो विद्यालयलाई ‘स्मार्ट स्कूल’ घोषणा गरिएको हो । प्रतिनिधिसभा सदस्यको हरेक निर्वाचन क्षेत्रमा एक÷एकवटा यस्ता विद्यालयलाई ‘स्मार्ट स्कूल’का रुपमा स्तारोन्नति गरिने कार्यक्रमअनुसार सो कार्य गरिएको हो । अब शिक्षकहरूलाई चक–डस्टरसहित मार्करले लेख्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

त्यस्तै विद्यार्थीले पनि स्मार्टबोर्डमार्फत चाहेको कुरा सिक्न पाउनाका साथै अत्याधुनिक सूचना– प्रविधिको अधिक्तम प्रयोग गर्न पाउने भएका छन् । यो विद्यालय सूचना प्रविधि मैत्री बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रदेश सरकारले सहयोग गरेको थियो । उक्त मन्त्रालयले विद्यालयलाई रु ७० लाख बराबरका कम्प्युटर, स्मार्ट ह्वाइटबोर्ड, प्रोजेक्टर, साउन्ड सिस्टम, नेटवर्क क्यामेरालगायत २० प्रकारका सामग्री प्रदान गरेको थियो भने प्रदेश सरकारले करीब रु २० लाख बराबरका कम्प्युटर, सिसी क्यामेरा, एलइडी टिभीलगायत सामग्री प्रदान गरेको थियो । यस किसिमको पढाइले आफूहरुलाई नौलो अनुभव हुनाका साथै पहिलाभन्दा अझ सहज भएको विद्यार्थी दीपेश तामाङले बताउनुभयो । उपलब्धिमूलक कार्यक्रम भए पनि आफूहरुमा चुनौतीसमेत थपिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोमल निरौलाले बताउनुभयो । उहाँकानुसार विद्यालयमा भौतिक संरचनासहित घेराबारा नहुँदा समस्या भएको छ । कार्यक्रम थपिएकामा आफूहरु हर्षित भए पनि यस कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न सकिन्छ या सकिँदैन भन्ने चिन्तासमेत बढेको अध्यक्ष निरौलाले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले सूचना प्रविधमैत्री विद्यालय घोषणाले विद्यार्थीहरुलाई अझ दक्ष बनाउँछ तर विद्युत् र इन्टरनेट नियमित नहुँदा चुनौती थपिएको उहाँको भनाइ थियो । यस किसिमको पढाइले गरीब र जेहेन्दार विद्यार्थीलाई पनि प्राविधिक विषय अध्यापनका लागि सहज भएको छ । एकदेखि १२ कक्षासम्म सञ्चालित यो विद्यालयमा एक हजार ७६१ विद्यार्थी छन् । अङ्ग्रेजी माध्यममा पठनपाठन शुरु गरिएकाले विद्यालयमा विद्यार्थी सङ्ख्या पनि थपिँदै गएको बताइएको छ ।